विप्लवले वैद्यसँग राखे जनमत संग्रहको प्रस्ताव

2021-03-07

काठमाडौं - नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले नेकपा क्रान्तिकारी (माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई जनमत संग्रहको प्रस्ताव राखेका छन्।

शनिवार ललितपुरको कुपण्डोलमा रहेको क्रान्तिकारी माओवादीको नेवा राज्य कार्यालयमा चार रणनीतिक मोर्चाको बैठकमा विप्लवले बैद्यलाई जनमत संग्रहको प्रस्ताव राखेका हुन्।

विप्लवले अहिलेको दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था हुने भनेर जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेपछि वैद्यले ठाडै अस्वीकार गरेको नेकपा अध्यक्ष ऋषिराम कट्टेलले बताए। ‘हामीले दलाल संसदीय व्यवस्था ठिक कि बैज्ञानिक समाजवादी भनेर जनमत संग्रह गर्न खोजेका छौ । यो कस्तो हुन्छ भनेर विप्लव जीले मोर्चाको बैठकमा प्रस्ताव राख्नुभयो,’ बैठकमा सहभागी कट्टेलले भने, ‘वैद्य कमरेडले त्यस्ता विषयमा जनमत संग्रह गर्नु सैद्धान्तिक, राजनीतिक र व्यवहारिक रुपमा पनि ठिक हुदैन । त्यतातिर लाग्नु उचित होइन भन्नुभयाे।’

यसअघि तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’समेत नेपाल भारत सीमा समस्याका विषयमा जनमत संग्रहको प्रस्ताव गरेको विषयलाई कोट्याउँदै बैद्यले त्यस्ता विषयमा जनमत संग्रह गरेर पार लाग्ने प्रस्ट्याएका थिए। ‘नेपाल भारत सीमा विवाद चर्किएको बेलामा प्रचण्ड जीले पनि सीमा विवादका विषयमा जनमत संग्रह गरौ भनेर गर्नुभयो । त्यतिबेला निक्कै ठूलो विवाद भयो। आमजनस्तरबाट समेत विरोध भयो’ वैद्यले भने, ‘अहिले फेरी तपाईहरुले दलाल संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवादी भनेर ल्याउनुभयो ।यस्ता विषयमा जनमत संग्रह गरेर जनताको पक्षमा फैसला हुने विषय नै होइनन्।’

चार रणनीतिक मोर्चामा विप्लव नेतृत्वको नेकपा र सरकारवीच कुनै सम्झौता भएको हो वा होइन भन्ने विषयमा तीन पार्टीका नेताहरुले जिज्ञासा राखेका थिए। ‘तपाईहरु र सरकारबीच केही न केही सम्झौता भएको भन्ने गरिन्छ । खास कुरा के हो तपाईहरुले प्रस्टसँग भन्नुपर्छ भन्ने विषय सबै साथीहरुले राख्नुभयो,’ कट्टेलले भने।’ विप्लव जीले सरकारसँग कुनै सम्झौता नभएको तथा लिखित रुपमा जुन सम्झौता भयो त्यो बाहेक अरु राजनीतिक सम्झौता नगरिएको जवाफ दिएकाे कट्टेलले बताए।

मोर्चाको बैठकमा अधिकांश समय विप्लवले वार्ता कसरी भयो? सरकारसँग कुनै सम्झौता भयो वा भएन भन्ने विषयमै प्रस्टिकरणमै खर्चेका थिए। अर्को रणनीतिक मोर्चाको बैठकले दोस्रो चरणको सघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ