सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर (बुँदा सहित )

2021-03-05

काठमाडाैं- सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले सहमति पढेर सुनाएका थिए।

सहमतिमा नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ।

यी हुन् सहमति पत्रका बुँदा
नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टीबीच निम्न लिखित सहमति भएको छ।
१. नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहमतिलाई सार्वजनिक भएपछि लागू हुनेगरी अनुमोदन गरेको थियो। फागुन १८ गते सरकार र ‘विप्लव’ पक्षले वार्ता टोली घोषणा गरेका थिए।

सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा थिए। त्यस्तै, विप्लव पक्षबाट सो पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ वार्ता टोलीमा थिए।

दुवै टोलीबीच १९ गते दुई चरणमा र २० गते वार्ता भएको थियो। २० गते बिहानको वार्तामा तीन बुँदे सहमति भएको थियो।

२०७१ मंसिरमा मोहन वैद्य किरण नेतृत्वको पार्टीबाट अलग भएर बेग्लै पार्टी घोषणा गरी गतिविधि गर्दै आएको ‘विप्लव’ नेतृत्वको नेकपालाई २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गतिविधिमा प्रतिबन्द लगाइदिएको थियो। त्यसयता सो पार्टी भूमिगत रुपमा सक्रिय थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ