‘विप्लव’ नेकपामाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

2021-03-04

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्दै सरकारी र विप्लव पक्षबीच भएको सहमतिलाई अनुमोदन समेत गरेको छ।

सरकार र विप्लव पक्षबीच बिहीबार तीन बुँदे सहमति भएको थियो। सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव चन्द काठमाडौंमा एउटै मञ्चमा देखिनेछन्।

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘विप्लव’ नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो। सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै नेता र कार्यकर्ता ‘जहाँ भेटिन्छन्, त्यहीँ पक्राउ गर्न’ निर्देशन दिएको थियो।

आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान जाने गरी भएको बम विस्फोटलगायतका घटनाले उक्त समूह कुनै राजनीतिक दल नभइ आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो। सरकारले ‘विप्लव’ समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, जहाँ भेटियो त्यहीँ पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई दिएको थियो।

फागुन २८ को निर्णयपछि धमाधम नेता–कार्यकर्ता हतियारसहित पक्राउ परेपछि ‘विप्लव’ नेकपा कमजोर बन्दै गएको र वार्तामा आउन बाध्य भएको दाबी सुरक्षा निकायको छ। २ वर्षपछि फागुन महिनामै सरकारले उनीहरुसँग वार्ता गर्दै सहमति समेत गरेको छ। यो दुई वर्षको अवधिमा एक शिक्षक र अन्य केही सर्वसाधारणले ज्यान समेत गुमाएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ