2021-03-04 |
काठमाडाैं– म्यान्मारमा बुधबार सैनिक कुविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। शान्तिपूर्ण रुपमा सेनाकाे कु विरुद्व सडकमा उत्रिएका नागरिकमाथि गाेली हानिएपछि संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै 'रक्तपातपूर्ण' दिन भनी टिप्पणी गरेकाे छ।
म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बुर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फुटेज बाहिर आइरहेको बताइन्। बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ। त्यस्तै अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने दिन आउन सक्ने टिप्पणी गरेकाे छ।
सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीमाथि गोली चलाएको थियाे। गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभर सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्। म्यान्मारका छिमेकी देशहरुले संयम अपनाउन आग्रह गरिरहेकन छन्। जुन्ता सरकार भने झन झन हिसात्मक हुँदै गएकाे छ।
राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएकाे बताइन्। उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले स्वास्थ्य स्वयमसेवकको टोलीलाई समेत पिटिरहेको देखिएकाे र यस्ताे घटना दुखद भएकाे बताइन्। त्यस्तै अर्कोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवत: मारिएको देखिन्छ।
सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोरसमेत छन्। एक जना १९ वर्षीया युवती पनि मारिएको उसले जनाएकाे छ। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीकाे दलले निर्वाचनमा ८० प्रतिशत मत ल्याएपछि सैनिक नेतृत्वले शासन सत्ता आफ्नाे हातमा लिएकाे थियाे। सुचीसहितका नेतालाई थुनामा राखिएकाे छ। प्रजातान्त्रिक प्रक्रियावाट भएकाे निर्वाचित उनीहरुलाई थुनामा राखिएपछि जनता सडकमा आएका थिए।
काठमाडाैं - अमेरिकाको संसद् भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएकाे छ। घटनामा केही घाइते भएका छन्। आक्रमणबाट प्रहरी अधिकारीकै ज्यान ...
काठमाडाैं - राष्ट्रपति जइर बोल्सोनारुकाे नीति र कदम विरुद्ध ब्रजिलका सेना, नौसैनिक तथा हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएका छन्। राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास ...
एजेन्सी - म्यानमारमा सैन्य कूविरुद्ध मानिसहरुको विरोध प्रदर्शन जारी छ । समाचार एजेन्सी रोयटर्सले एक संगठनलाई उद्धृत गर्दै १ फेब्रुअरीदेखि हालसम्म विरोध प्रदर्शनमा ज्यान गुमाउनेको ...