अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्रीको चुनौती

2021-03-01

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशतको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने पनि बताएका छन्।

प्रतिनिधी सभा विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने विषयमा वहश चलिरहेका बेला उनले हिमाललय टेलिभिजनमार्फत् यस्तो बताएका हुन्।

उनले आफूलाई प्रधानमन्त्रीबाट राजीनामा देउ भनेर सर्वोच्च अदालतले फैसलामा उल्लेख नगरेको बताउँदै संसद् फेस गर्ने बताएका हुन्। अदालतको फैसलाले नैतिक संङ्कट त सिर्जना भयो नि भन्ने प्रश्नमा उनको प्रतिप्रश्न थियो, '‘के मा हरायो? राजीनामा देऊ भन्यो? यस्तो अवस्थामा राजीनामा दिनुपर्छ भन्यो?’

अदालतसँग आफूले अनेक मुद्दामा हारिरहेको बताउँदै पदबाट राजीनामा दिन बाध्य नहुने उल्लेख गरेका छन्।

उनले आफूसँग आवश्यक परे विश्वासको मत लिने लगायतका विकल्प रहेको बताएका छन्। ‘आवश्यक परे विश्वासको मत लिन सक्छु । विश्वासको मतमा मलाई हराउन पर्‍यो नि। त्यसबाहेकको बाटो पनि छ,' उनले भने।

सर्वोच्चको फैसलापछि यस विषयमा वहश जरुरी नभएको बताउँदै प्रतिनिधी सभा विघटन समस्याको समाधान रहेको जिकिर गरे। उनको भनाइ थियो, ' मैले गरेको निर्णयले देश चुनावतिर जान्थ्यो । समस्याको समाधान हुनेतिर जान्थ्यो।’

फैसलापछि आफूले राजीनामा दिँदा पनि अस्थिरता सिर्जना हुने बताउँदै राजीनामा पत्र लेख्ने स्थिति नभएको बताएका छन्।

उनले कांग्रेस र जसपाको साथ आफूले पाउने दाबी गरेका छन्। कांग्रेस सभापति देउवा आफ्नो पुरानो मित्र भएको बताउँदै लोकतन्त्रका लागि फरक ठाउँबाट एकसाथ लड्ने आफूहरुको बुझाइ समेत भएको उल्लेख गरे। कांग्रेस र मधेसवादी दलले राजनीति गरेको र पार्टी खोलेको कुनै अमुक महत्वकांक्षी व्यक्तिलाई प्रधानमन्त्री बनाउन नभएको उनको भनाइ थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ