विप्लबसहित ४ वाम दलको रणनैतिक मोर्चाद्वारा आन्दोलनको घोषणा

2021-02-11

काठमाडौं - विप्लबसहित ४ वाम दलको रणनैतिक मोर्चाद्वारा आन्दोलनको घोषणा गरेका छन्। मोर्चाले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको घोषणा गर्दै सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

उनीहरूले जारी गरेको रणनैतिक संयुक्त मोर्चाको अवधारणामा राष्ट्रियता,जनतन्त्र र जनजीविकाका मुद्दामा निरन्तर जनपरिचालन र संघर्ष आवश्यकता रहेको औंल्याइएको छ। चार वाम घटकको मोर्चा गठनलाई कम्युनिस्ट धारको ध्रुविकरण र पार्टी एकताको आधार बनाइएको छ।

चार दलको रणनैतिक संयुक्त मोर्चा केन्द्रसहित प्रदेश, जिल्ला र आवश्यकता अनुसार स्थानीय तहसम्म गठन गरिने संयुक्त अवधारणामा भनिएको छ। केन्द्र र प्रदेश समिति १५ सदस्यीय र जिल्लामा ११ सदस्यीय हुने बताइएको छ। पदाधिकारी सहमतिको आधारमा आलोपालो विधिमार्फत् हुने भएको छ। प्रत्येक समितिमा अध्यक्ष र सचिव १/१ पदाधिकारी रहनेछन्।

रणनैतिक संयुक्त मोर्चाको अवधारणामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले हस्ताक्षर गरेका छन्।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ