देशभर कोरोनाविरुद्धको खोप अभियान शुरु, कहाँ-कहाँबाट दिइंदैछ खोप ?

2021-01-27

काठमाडौं - कोरोनाभाइरस कोभिड-१९ विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ खोपकेन्द्रबाट दिइदैं छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका औषधि उत्पादक कम्पनीले सयुक्त रुपमा भारतमा सेरम इस्सिच्युटमार्फत उत्पादन गरेको हो । भारत सरकारको अनुदान सहयोगमा माघ ८ गते कोभिशिल्डको १० लाख खुराक (डोज) खोप नेपालले प्राप्त गरेको हो ।

सरकारले अनुुदान सहयोगमा आएको कोभिशिल्ड खोप पहिलो चरणमा ३ प्रतिशत फ्रन्लाइनरलाई दिने योजना बनाएको हो । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल संक्रमण फैलिएको १ वर्षपछि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुन आँटेको हो । चीनबाट स्वादेश आएका एक युवकमा संक्रमण गत वर्षको माघ १० गते पुष्टि भएसँगै पहिलो संक्रमितको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भएको थियो ।

महामरीको सुरुवाती चरणबाटै कोभिड अस्पतालको रुपमा परिचित टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र अग्रमोर्चामा खटिएका डा. अनुप बाँस्तोलाले कोभिशिल्ड खोप लगाएर सुभारम्भ गर्ने भएका छन् । बुधबार नै टेकु अस्पतालका अग्रमोर्चामा खटिएकाहरुले खोप लिने निर्देशक डा.राजभण्डारीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न जनाएको छ । खोप अभियानको १० दिनको अवधिमा करिब ३५ सय जनालाई टेकु अस्पतालबाट खोप दिने उनले बताए । शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनामा खटिएका २ सय ६४ जना चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले कोरोनाविरुद्धको खोप लगाउने उनले बताए ।

उता सशस्त्र प्रहरी बलम्बु अस्पतालका निर्देशक डाक्टर रुपक महर्जनले अस्पतालमा खोप लगाएर यस अभियानको सुरुवात गर्ने भएका छन् । बलम्बु अस्पतालमा आज१०० जनालाई कोरोनाविरुद्धको कोभिशिल्ड खोप दिने डाक्टर प्रविण नेपालले बताए । खोप अभियान अवधिभर करिब १५ सय जनालाई खोप अस्पतालबाट दिइने उनले सुनाए । बलम्बु अस्पतालमा चन्द्रागिरी नगरपालिका क्षेत्रका पहिलो चरणको खोप लगाउने मापदण्डमा परेकाहरुलाई खोप दिइने उनले बताए ।

यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङका कोभिड वार्डका संयोजक तथा फोक्सो रोग विशेषज्ञ डा.सन्तकुमार दासका अनुसार ६ वटा अस्पतालका प्रथम चरणको खोप लगाउने मापदण्डमा परेका व्यक्तिलाई खोप दिइन्छ ।

टिचिङ अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले पहिलो खोप लगाएर अस्पतालमा खोप अभियानको सुरु गर्ने उनले बताए ।

टिचिङ अस्पतालका करिब ३ हजार कर्मचारीलाई खोप दिने उनले बताए । एक दिनमा ४ सय जनालाई खोप दिने अस्पतालले तयारी गरेको छ । आज खोप कार्यक्रम १० बजे उदघाटन भएपनि बिहिबारदेखि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खोप दिने कार्यक्रम सञ्चालन गर्ने डा.दास बताउँछन् । बुधबार टिचिङका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खोप दिइने छ भने बिहिबार मन्त्रालयले खोप लगाउनेको नामलिस्ट पठाएपछि सोहीअनुसार खोप दिइने उनले बताए । मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बिपी कोइराला नेत्र अध्ययन केन्द्र, कान्ति बाल अस्पताल, चिरायु अस्पताल र इशान बाल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि टिचिङ अस्पतालमै खोप लगाउने डा.दासले बताए । केही अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउनेहरुको नामावाली आउन बाँकी रहेको उनले बताए ।

प्रदेश तहमा कोरोनाविरुद्धको खोप प¥याएपनि उपत्यकाका धेरै अस्पतालको खोप बुधबार नै पु¥याउने भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खोप अभियानमा करिब ७ हजारले लगाउने भएका छन् । यस्तै वीर अस्पातलका निर्देशक डा. केदार सेन्चुरीका अनुसार दिनमा ६ सय जनालाई खोप दिने योजना बनाइएको छ । वीर अस्पतालबाट करिब ३ हजार जनालाई कोभिशिल्ड खोप दिइने डा.सेन्चुरी बताउँछन् । वीर अस्पतालबाट खोप लगाउनेका नाम दर्ता भएपनि केही अस्पतालका रजिष्टे«शन बाँकी रहेका उनले सुनाए । राष्ट्रिय ट्रमा सेन्टर, नर्सिङ क्लेजका स्वास्थ्यकर्मी तथा कर्मचारीसँगै स्वास्थ्य मन्त्रालयको नामसूचीका आधारमा दिनमा ६ सय जनालाई खोप दिने डा. सेन्चुरीको भनाइ छ । वीर अस्पतालले स्वास्थ्यकर्मीसँगै अन्य ५ वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले दिएको नामावलीको आधारमा खोप दिने उनले बताए ।

काठमाडौं उपत्यकाका काठमाडौं मेडिकल कलेज जोरपाटी, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद गङ्गालालमा पनि खोप अभियान सञ्चालन गरिनेछ । किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा पनि खोप केन्द्र रहने छ । भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिने छ ।

पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरका २ अस्पतालमा खोप केन्द्र सञ्चालन हुन लागेको हो । सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने भएको छ ।

यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ । देशका सातै वटा प्रदेशमा कोरोनाविरुद्धको खोप पुगिसकेको छ । लक्षित समूहले मात्र खोप पाएको वा पाएनन भनेर पारदर्शी ढंगले जानकारी प्रवाह गर्न सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ