फराकिलो अन्तरको जितसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

2021-01-27

काठमाडौं - म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रुमलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो।

सिटीको जितमा इल्के गुन्डगनले दुई गोल गर्दा जोआओ क्यानसेलो, रियाद महरेज र रहिम स्टर्लिङले गोल गरे। खेलको पहिलो हाफसम्म चार गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको छैटौं मिनेटमा नै गुन्डगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता बनाएका थिए। २० औं मिनेटमा क्यानसेलोले गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए। ३० औं मिनेटमा गुन्डगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० गोलको अग्रता दिलाए।

पहिलो हाफको अन्तिम समयमा रियाद महरेजले गोल गर्दै सिटीलाई पहिलो हाफसम्म ४–० गोलको अग्रता दिलाए। पहिलो हाफमा नै फराकिलो अन्तरले पछि परेको वेष्ट ब्रुमले दोस्रो हाफमा थप एक गोल खान पुग्यो। ५७ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ५–० गोलको जित दिलाए।

यो जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले १९ खेलबाट ४१ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो। पराजित वेष्ट ब्रुम भने २० खेलबाट ११ अंक बनाउँदै लिगको पुछारदेखि दोस्रो स्थानमा छ। लिगको दोस्रो स्थानमा झरेको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक रहँदा लेस्टर सिटीको १९ खेलबाट ३८ अंक छ।




थप समाचार


ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई ...

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ । भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको ...

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...




ट्रेन्डिङ