अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचनामा पुरानो मिति राखेर रातारात राजपत्रमा

2021-01-22

काठमाडौं - महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन्। शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन्।

अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचनामा पुरानो मिति राखेर सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो। सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको छ ।

बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए। त्यसपछि इजलासले महान्यायाधिवक्तालाई राजपत्रमा सूचना छ कि छैन भनेर प्रश्न गरेको थियो।

महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि न्यायाधीश अनीललकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए। उनले भने, ‘हिजो मैले राजपत्रका कुरा उठेपछि मागेको थिएँ। मेरो पिएलाई पनि खोज्न लगाएँ, अनलाइनमा तर भेटिएन।’

नेपाल सरकारका निर्णय राजपत्रमा सूचना प्रकाशित नभएसम्म कार्यान्वयनमा आएको मानिँदैन ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ