कोरोनाको खोप आज नेपाल आउंदै, यस्ता समस्या हुनेले लगाउनु हुँदैन

2021-01-21

काठमाडौं - भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप आज नेपाल ल्याइँदैछ। खोप बिहान ११ बजे काठमाडौं आइपुग्ने जनाइएको छ। भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराउन लागेको हो।

कोभिड-१९ विरुद्दको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले एलर्जीको समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, गर्भवती, ज्वरो आएका तथा रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिलाई खोप नलगाउन सुझाव दिएको छ।

इन्स्टिच्युटद्वारा जारी फ्याक्ट सीटमा कोभिसिल्डको पहिलो डोज लगाएपछि कुनै गम्भीर एलर्जी वा अन्य स्वास्थ्य समस्या देखिए ती व्यक्तिलाई दोस्रो डोज नलिनसमेत सूचित गराएको छ।

कम्पनीको वेबसाइटमा जारी फ्याक्ट सीटमा भनिएको छ, ‘यदि तपाईंलाई कुनै किसिमको औषधि, खाद्य पदार्थ, कुनै खोप वा कोभिसिल्डमा समावेश गरिएका सामग्रीबाट गम्भीर एलर्जी भएको छ। ज्वरो, रगतसम्बन्धी रोग, रगत पातलो बनाउने औषधि सेवन गरिरहको भए वा रोग प्रतिरक्षा शक्ति कमजोर भएको वा औषधि लिइइरहनुभएको छ भने खोप नगाउनुहोला।’

साथै, गर्भधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन सुझाव दिइएको छ। कोभिड(१९ का अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि कोभिसिल्ड नलगाउन सीरम इन्स्टिच्युटले अनुरोध गरेको छ।
खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन सुभाव दिइएको छ।

यसअघि, कोभ्याक्सिन खोपको निर्माता कम्पनी भारत बायोटेकले कसले खोप नलगाउने भन्ने बारे यस्तो खालको सूचना जारी गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ