नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आइपिओ निष्काशन, कति कित्तासम्म आवेदन दिनु ठिक ?

2021-01-15

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ।

बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो।

बैंकले नेपालकै इतिहासमा सर्वाधिक प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको हो। यसअघि अपर तामाकोशीले सर्वसाधारणका लागि सर्वाधिक प्राथमिक शेयर जारी गरेको थियो। हाल बैंकको संस्थापकहरुको शेयर पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

अहिलेसम्मको शेयर संचरनाअनुसार नेपाल सरकारको शेयर स्वामित्व १६.६७ प्रतिशत रहेको छ। प्राथमिक शेयर निष्काशनपछि नेपाल सरकारको स्वामित्व १० प्रतिशतमा खुम्चिनेछ। बैंकमा नेपाल सरकारको लगानी २ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै हाल वाणिज्य बैंकहरुको शेयर स्वामित्व ३४.८२ प्रतिशत रहेको छ। प्राथमिक शेयर निष्काशनपछि उनीहरुको पनि शेयर स्वामित्व २०।८९ प्रतिशतमा खुम्चिने छ। हाल उनिहरुको लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

कतिसम्म दिने आवेदन
यसअघि प्राथमिक शेयर निष्काशन गरेको चन्द्रगिरी हिल्समा १२ लाख ५६ हजारले आवेदन दिएका छन्। यदि अधिकतम १५ लाख लगानीकर्ताले नै आवेदन दिए भने पनि न्युनतम ५० कित्ता पर्नेछ। यसमा पनि सबै लगानीकर्ताले ५० कित्ताको आवेदन दिदैनन्। १० कित्ताको लागि आवेदन दिदा पनि शेयर नपाइरहेको सन्दर्भमा अधिकांशले १० कित्ताको लागि आवेदन दिन सक्ने सम्भावना रहन्छ।

लगानीकर्ताले अधिकतम ७० कित्ताको लागि आवेदन दिनु बुद्धिमता हुन्छ। अधिकतम कित्ता पार्न चाहने लगानीकर्ताले १०० कित्तासम्मको लागि आवेदन दिनु राम्रो हुन्छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


म्यानमारमा जनतामाथि चर्काे दमन, सेनाद्वारा बुधबारमात्र ३८ सर्वसाधारण मारिए

काठमाडाैं– म्यान्मारमा बुधबार सैनिक कुविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। शान्तिपूर्ण रुपमा सेनाकाे कु विरुद्व सडकमा उत्रिएका नागरिकमाथि गाेली हानिएपछि संयुक्त राष्ट्रसङ्घले सेनाले

बिहीबार देशभरका अदालतमा शोक बिदा

काठमाडाैं - सर्वोच्च अदालतमा बुधवार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश

प्रचण्ड-माधव पक्षका सबै सांसदलाई पेरिसडाँडा उपस्थित हुन ह्विप

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीले ४० करोड क्षति

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत

देउवालाई आएकाे प्रधानमन्त्रीको ‘अफर’बारे छलफल गर्न पदाधिकारी बैठक बस्दै

काठमाडाैं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएपछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न

२२ तोला सुनको सिक्रीसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

काठमाडाैं - काठमाडौंको नागढुंगाबाट २२ तोला सुनको सिक्रीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक तापस सस्माल रहेका छन्। ठेगाना भने नखुलेको प्रहरीले

विप्लवका नेता-कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

काठमाडौं - सरकारले प्रतिबन्ध हटाएसँगै थुनामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकर्तालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले

‘विप्लव’ नेकपामाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध