नेपालमा नयाँ व्यवस्थाको निम्ति अन्तरिम निकायहरुको निर्माण जरुरी !

2021-01-09
लेखक : नारायण शर्मा, नेकपा केन्द्रिय सदस्य

नेपालको वर्तमान संकट र यसको समाधानको निम्ति भनेर अब फेरिपनी उही मध्यावधी चुनाव गरेर देसको थप धनजनको क्षति गराउने वा पुरानै संसद् पुनर्थापना गरेर अझै भाँडभैलो, भ्रष्टाचार र भागबण्डा गरेर अर्थात् पद, पावर, पैसा, पहुँच र प्रसंसाको लेनदेन गरेर जनता र राष्ट्रलाई शोषण-उत्पीडन गरी-गराई मर्नु न बाँच्नु गराउने हुँदै होइन ! यदी साँच्चै यस्तो गर्ने-गराउने होइन भने आसन्न सदन/प्रतिनिधि सभाको विकल्पमा सर्वोच्च र सर्वशक्तिसम्पन्न अन्तरिम सदन/सभा, वर्तमान भ्रष्ट, दुष्ट र निकृष्ट ओली सरकारको विकल्पमा संयुक्त र स्वच्छ अन्तरिम सरकार र वर्तमान दलाल तथा नोकरशाही पुँजीवादीहरुको भ्रष्ट संसदीय सत्ता-व्यवस्थाको विकल्पमा नेपालको मौलिक अन्तरिम सत्ता-व्यवस्थाको मोडेल निर्माण गरी यी तीनवटा अङ्गहरुको समुचित संचालन गरेर अघि बढ्नु जरुरी छ ! यस्ता अन्तरिम सदन, सरकार र सत्तामा को कस्ता शक्ति र व्यक्तिहरु अट्ने भन्ने कुरा बहस, संघर्ष र आन्दोलनको प्रकृयामा ती शक्ति-व्यक्तिहरुले खेलेको भूमिकाबाटै छिनोफानो गर्नु नै बढीभन्दा बढी व्यावहारिक र बैज्ञानिक हुन्छ ।

देस र जनताका आधारभूत समस्याहरु दसबर्षे भीषण माओवादी जनयुद्ध र ऐतिहासिक झापा विद्रोहबाट आएका शक्तिहरुको बर्चस्व रहेको वर्तमान प्रतिनिधिसभा (सदन), त्यसद्वारा निर्मित ओली सरकार र तिनैद्वारा स्वीकृत र संचालित संसदीय संघीय शासनसत्ताबाट समाधान हुनुको साटो यसरी दिनानुदिन बल्झदै र बढ्दै गएर झन्झन् वदमासी, विकृती र विसङ्गतिपूर्ण विचार, व्यवहारका कारण ती समस्याहरु जटिलतम र गम्भीरतम बन्दैगरेबाट आज देस चरम संकटमा परेको छ र जनतामा परम असन्तुष्टी, आक्रोश र आक्रमणका भावहरु भड्किरहेका छन् ! र, देसले यिनको विकल्पमा नयाँ र क्रान्तिकारी विकल्पको खोजी गरिरहेको छ । यदी समयमै नयाँ, सही र अग्रगामी विकल्प दिइएन भने भयङ्कर ठूलो विष्फोट र विद्रोह हुने सुनिश्चित छ, जस्ले अग्रगमन र क्रान्ती त के कति हुने हो त्यो भन्न सकिन्न तर जनधनको भने असीमित क्षति हुने कुरामा शङ्का छैन ।

त्यसैले त्यही सरल, सहज, र समयानुकूल विकल्प दिनेसन्दर्भमा हाललाई काम चलाउ अस्थायी विकल्पको रुपमा एक अन्तरिम सदन, अन्तरिम सरकार र अन्तरिम विधि-व्यवस्थासहितको सत्ताको चर्चा चलिरहेको छ । अनि त्यस्तो अन्तरिम सदन, सरकार र सत्तामा सहभागी हुनु-गराउनु पर्नेहरु को कस्ता शक्ति-व्यक्तिहरु होलान् त भन्ने अडकल र छलफल पनि भैरहेका छन् । यसै दौरानमा लागेको कुरा के छ भने यस्तो अन्तरिम सभा, अन्तरिम सरकार र अन्तरिम सत्ता-व्यवस्थामा किसान, मजदुर, सिपाही (प्रहरी, सेना, सशस्त्र शक्ति), बुद्धिजीवी ( स्वतन्त्र र प्रतिबद्ध अर्थात् संघसंस्था, संगठन र ब्युरोक्रेसीमा आबद्ध समेत), निम्न-मध्यम-राष्ट्रिय पुँजीपती वर्ग वा ती वर्गमा पर्ने सच्चा देसभक्त, लोकतन्त्र/गणतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी, कम्युनिस्ट नागरिक समाज आदि शक्ति-समूह, संघ-संस्था, मंच-मोर्चा, संगठन-समुदाय, पेसा-व्यवसायमार्फत देस, जनता र क्रान्तिको लागि स्वच्छ सेवा र सतत संघर्ष गरिरहेका व्यक्ती/व्यक्तित्वहरुको सद्भाव, समर्थन, सहयोग, सहभागिता र स्वामित्व हुनुपर्दछ ! अर्को शब्द र अर्थमा भन्ने हो भने अब बन्ने अन्तरिम सदन, अन्तरिम सरकार र अन्तरिम सत्ता/व्यवस्थाका संचालक-परिचालकहरु राष्ट्र र राष्ट्रिय स्वाधीनतापक्षधर, जनता र जनतन्त्र/लोकतन्त्रपक्षधर, अग्रगमन र परिवर्तनका अभियन्ता, न्याय-समानताका हिमायती, स्वाभिमानी-स्वतन्त्रताप्रेमी र स्वच्छ-सदाचारी चिन्तन र चरित्रका शक्ति-संगठन, संघसंस्था र संस्कृति-प्रवृत्तिका व्यक्तित्व-नेतृत्वहरु हुनुपर्ने देखिन्छ ।

संक्षिप्तमा भन्नु पर्दा वर्तमान सत्ताबाट भएगरेका राष्ट्रघाती, जनघाती र परिवर्तनघाती कार्यहरुका विरुद्धको संघर्ष-अभियानमा स्वतन्त्र वा संगठित रुपमा, एकल वा संयुक्त मोर्चा मार्फत संलग्न, संबद्ध र संघर्षरतहरु नै वर्तमान संसदीय शासन-व्यवस्था र त्यसका अङ्गहरु मुख्यतः सदन, सरकार र सत्ताका विकल्पमा बन्ने-बनाइने नयाँ अन्तरिम सदन-सभा(जनप्रतिनिधि सभा/व्यवस्थापिका), अन्तरिम सरकार र अन्तरिम सत्ता-व्यवस्थाका स्टेकहोल्डर वा हकदार हुनेछन् ! तसर्थ आउनुहोस्, त्यस्ता सबै हकदारहरु नेपालको वर्तमान र भविष्यका समेत संकट मोचनका लागि एक बृहत् संयुक्त मोर्चा बनाएर निर्णायक संघर्षमा जुटौं ! र, नेपाल र नेपाली जनमनमा दीर्घकालीन रुपमा न्याय, समानता, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र समृद्धिसहितको शान्ति, सहिष्णुता र सुखसन्तोषको ग्यारेन्टी गरौं !
धन्यवाद !!!




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ