अब अर्को बैंकको एटिएमबाट दुई पटक भन्दा बढी पैसा झिक्दा शुल्क ‍लाग्ने

2021-01-08

काठमाडौं - अर्को बैंकको एटिमएमबाट पैसा झिक्दा पैसा लाग्ने भएको छ। राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक दुईवटा कारोबारसम्म निःशुल्क गर्न सकिनेगरी व्यवस्था गरेको छ। दुईवटा भन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढिमा २० रुपैयाँसम्म शुल्क लिन सक्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले माघ एक गतेदेखि लागि हुने गरि यस्तो व्यवस्था गरेको हो। यस अगाडि एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वेदशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन नपाउने व्यवस्था गरेको थियो।

बैंकहरुले कोरोनाको संक्रमण बढ्दै गएपछि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको थिए। नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन गर्नुअघि नै बैंकहरुले यस्तो शुल्क नलाग्ने व्यवस्था गरेका थिए। उनिहरुको यस्तो कदमपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमै शुल्क नलाग्ने व्यवस्था गरेको थियो। तर बैंकहरुले पछिल्लो समय यस्तो शुल्क लिन पाउनुपर्ने भन्दै राष्ट्र बैंकमा लविङ गर्दै आएका थिए।

बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ग्राहकको पूर्वअनुमति ‍लिएर सेवा शुल्कबारे पूर्वजानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतिय बैंकिङ सेवा बापतको शुल्क लिन सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकहरुलाई मोबाइल इन्टरनेट एसएमएस बैंकिङ सर्भिसको आफ्नो युजरनेम र पासवर्ड हराएमा बिर्सिएमा आफैँ प्राप्त गरी सेवा पुः सुचारु गर्न सक्ने व्यवस्था गर्नुपर्ने भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ