2021-01-08 |
वाशिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विधिवत रुपमा नै जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्ना समर्थकहरुले संसद भवनमा आक्रमण गरेको एक दिनपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
ट्वीटरमा पोस्ट गरिएको भिडियोमार्फत् सम्बोधन गर्दै उनले बुधबारको आक्रमणलाई ‘घृणित’ भनी टिप्पणी गरे।
उनले अब सहज र विधिवत रुपमा शक्ति हस्तान्तरण गर्न आफू केन्द्रित रहने पनि उल्लेख गरेका छन्। तर उनले आफ्ना समर्थकहरुको प्रशंसा गर्न भने चुकेनन्। उनले प्रतिबद्धता जनाउँदै भनेका छन्, ‘हाम्रो अभूतपूर्व यात्रा मात्र सुरुवात हो।’
कानुनी मतमात्र गणना गरिएको सुनिश्चित गर्न आफ्नो लडाइँ जारी राख्ने पनि उनले बताएका छन्।
संसदको संयुक्त बैठकमा बुधबार दिउँसोदेखि सुरु भएको इलेक्टोरल मत गणनाको प्रकृया बिहीबार विहान सकिएको थियो। अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई रोक्ने डोनाल्ड ट्रम्प र उनका पक्षधरको अन्तिम प्रयासलाई असफल पार्दै अमेरिकी संसदको संयुक्त बैठकले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतको औपचारिक घोषणा गरेको हो।
वाशिङटन - अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले पद सम्हालेका छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रबर्ट्ससँग पद तथा गोपनीयताको सपथ लिएसँगै उनी मोटरकेडसहित ह्वाइटहाउस प्रवेश ...
टोकियो - कोरोना संक्रमण तीव्र भएपछि जापानको राजधानी टोकियो र त्यसवरपरका क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र ...
वाशिङटन - अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेका छन्। हिंसात्मक झडप हुने क्रममा गोली लागेर एक महिलाको मृत्यु भएको छ ...