कोरोना संक्रमण तीव्र भएपछि जापानको राजधानीमा आपतकाल घोषणा

2021-01-08

टोकियो - कोरोना संक्रमण तीव्र भएपछि जापानको राजधानी टोकियो र त्यसवरपरका क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र कानागावामा आपतकाल लगाइएको हो। यो प्रावधान आगामी फेब्रुअरी ७ सम्म लागू हुने जनाइएको छ।

प्रधानमन्त्री याोशिहिदे सुगाले सबै कार्यालयहरुलाई कर्मचारी उपस्थिति ७० प्रतिशत घटाउने गरी घरबाटै काम गर्न निर्देशन दिएका छन्। आपतकाल लागू भएका क्षेत्रमा अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ। रेष्टुँराहरुलाई ८ बजे बन्द गर्न र खेल गतिविधिलाई निश्चित संख्यामा दर्शक रहने गरी सञ्चालन गर्न निर्देशन दिइएको छ। प्रधानमन्त्री सुगाले रेष्टुँराहरुलाई प्रतिमहिना १७ हजार ४ सय डलर राहत दिइने जनाएका छन्।

तर कडाइकाबीच विद्यालय भने खुला रहनेछ। प्रधानमन्त्रीले बालबालिकाको सिकाइ अवसरलाई रक्षा गर्न विद्यालय खुला राखिने जनाएका छन्।

जापानमा बुधबार ५ हजार ९ सय ५३ नयाँ संक्रमित थपिएका छन्, जुन महामारी सुरु भएयताकै रेकर्ड हो। हालसम्म जापानमा संक्रमितको संख्या २ लाख ५९ हजार १ सय ५ पुगेको छ भने ३ हजार ८ सय ४ जनाको मृत्यु भएको छ।




थप समाचार


संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने: प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा फाइनल भएका छैनन्

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

मणिपुरमा फेरि हिंसा: २ जनाको मृत्यु, ५० जना घाईते

काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।  मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

अमेरिकालाई पछि पार्दै संसारकै धनी देश बन्यो चीन

काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...




ट्रेन्डिङ