ट्रम्पका समर्थकहरुद्वारा संसद भवनमा आक्रमण, एक महिलाको मृत्यु

2021-01-07

वाशिङटन - अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गरेका छन्। हिंसात्मक झडप हुने क्रममा गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

कर्फ्यु स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ।

ट्रम्प समर्थकहरुले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरेका थिए। इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जीत औपचारिक रुपमा घोषणा गर्न संसदको बैठक बसिरहेका बेला यो हिंसा भएको हो। संसदमा बहस चलिरहेका बेला अचानक ट्रम्पसमर्थक भवनभित्र प्रवेश गरेका थिए। सोहीकारण बहस रोकिएको थियो।

ट्रम्प समर्थकहरुले निर्वाचन रद्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएको थियो। अवस्था नियन्त्रणबाहिर गएपछि नेशनल गार्डलाई परिचालित गरिएको थियो। प्रहरीले १३ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने ५ वटा बन्दुक बरामद गरेको छ।

अमेरिकामा भएको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले विनाप्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी भइरहेको छ ।

यस हिंसाका बीच राष्ट्रपतिमा निर्वाचिन बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल गरेका छन् ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ