राष्ट्रपतिकाे चरित्र हत्या गर्ने माथि कारबाही हुन्छ : गृहमन्त्री

2021-01-03

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिकाे चरित्र हत्या हुने गरी अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने जानकारी दिएका छन्।

अखिल नेपाल महिला संघ (अनेमसंघ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताए।

मन्त्री थापाले भने, 'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छानबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु।' संघले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडक र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढंगका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो।

'आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ, ' ज्ञापन पत्रमा भनिएको छ। संघले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । संघका तर्फबाट नेत्रीहरु सुजिता शाक्य, तीर्था गौतम, अधिकारकर्मी शर्मीला कार्कीलगायतले मन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराएका हुन्। टोलीले आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ