'एसिड भिक्टिम'लाई समाजमा पुनर्स्थापना गर्न हाम्रो भूमिका के हो ? यस्तो बन्यो भिडियो !

2021-01-02

डिज जोशीको स्वर, शब्द तथा संगीत संयोजनमा 'फ़िजाइं पंख' बोलको गित सार्वजनिक भएको छ। गीतको भिडियोमा गौरव पहारी, बेनिशा हमाल, जेवी डिसी, कमलमणि नेपाल, सुनिता श्रेष्ठ लगायतले अभिनय गरेका छन्।

सांगीतिक कथा भनिएको उक्त म्युजिक भिडियोले एसिडले छ्यापिए पछि पिडितलाई समाजमा कसरी पुनर्स्थापना गर्ने भन्ने बारे देखाउन खोजेको छ।

यस्तो छ कहानी !

गौरब पहारी र बेनिशा हमाल प्रेम सम्बन्धमा हुन्छन। बेनिशा पेशाले नर्स हुन्छिन। बेनिशालाई अर्को पात्र जेवी डिसीले पनि मन पराउछन। जब डिसीले बेनिशाको अर्कै केटासंग प्रेम सम्बन्ध भएको थाहा पाउछन बदला लिन उनले बेनिशाको अनुहारमा एसिड छ्यापी दिन्छन। उनको अनुहार र हात बिग्रिन्छ। उनलाई आफ्नो अनुहार बिग्रिएको चिन्ता भन्दा पनि उनका प्रेमी गौरवले अब आफुलाई स्विकार्छन कि स्विकार्दैनन भन्ने चिन्ता हुन्छ। तर उनलाई उनका प्रेमी गौरवले त स्विकार्छन नै आमा बुवाले पनि सहजै स्विकार्छन। र तिनै जनाले आत्मबल समेत दिन्छन। उपरोक्त ब्यबहारले उनको कमजोर बनेको मानसिकतालाई माथि उठाउँछ। पछि एकदिन उनलाई एसिड छ्याप्ने जेवी डिसीको अनुहार र शरीरमा बाटोमा अकस्मात पोखिएको एसिडले उछिटिएर छ्याप्छ र उनको हालत पनि तेही हुन जान्छ। डिसी तेही हस्पिटलमा पुग्छन जहान बेनिशाले काम गर्छिन। आफुलाई एसिड छ्याप्ने डिसीलाई आफ्नो अगाडी देखेर बेनिशा झसङ्ग हुन्छिन र दोधारमा पर्छिन।

नेपालमा पछिल्लो समय बारम्बार घटिरहेको यथार्थ घटना हो यो। यसको रोकथामको लागि पछिल्लो समय सरकारले कानुन पनि कडा बनाएको छ। तर भिक्टिमको पुनर्स्थापनाका लागि ब्यबहारमा के गर्ने ? यसमा खासै ध्यान पुराएको देखिदैन। पीडकलाई दिने सजायले मात्रै पक्कै पनि पिडितलाई न्याय पर्दैन। क्षतिपुर्तिले मात्रै पनि पीडितले पक्कै पहिलाको जस्तो ब्यबहारिक जीवन प्राप्त गर्दैन। पिडितलाई यस्तो अवस्थामा समाजमा हासी खुसि जिउने वातावरण कसरी बनाउने ? कसरी पिडितलाई समाजमा पुनर्स्थापित गर्ने ? यहि विषयमा भिडियोले देखाउन खोजेको छ।

भिडियोमा एसिड छ्याप्नेको भूमिकामा अभिनय गरेका जेवी डिसी भन्छन : ''सुटिंगका दौरान मेक अप गर्दा नै मेरो अनुहारमा साच्चिकै एसिड छ्यापेको सेन्टिमेन्ट आयो र भाबुक पनि भए र मनमा थुप्रै थुप्रै कुराहरु खेले पनि'' उनि थप्छन ''रियल भिक्टिम साच्चिकै मनोदशाको कुन हदबाट गुज्रिदो हो ? त्यस माथि हाम्रो समाज कोअपरेट गर्नुको सट्टा उल्टै हेरेसमेन्ट गर्ने तिर लाग्छ।'' त्यसैले यो सन्देशमुलक भिडियो हाम्रो समाजलाई एउटा गतिलो शिक्षा बन्न सक्ने उनले बताए ।

No description available.

No description available.

No description available.

गीतको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका हुन्। गीतमा सहायक निर्देशन नेत्र राउत, सुप्रिम पराजुली एडिट तथा कलरिङ्ग, मिक्शिंग मास्टरिङ्ग दिनेश श्रेष्ठ, फोटोग्राफर बालकृष्ण बस्याल, ड्रेस डिजाइनर तेंजु योञ्जन, प्रोडक्सन कन्ट्रोल र मेक अप बिक्रम गौतमको रहेको छ।

हेर्नुहोस भिडियो

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ