ट्रम्पले लगाएको सुरक्षा विधेयकमाथिको भिटो सिनेटबाट पनि अस्वीकृत

2021-01-02

न्युयोर्क - अमेरिकी माथिल्लो सदन सिनेटले रक्षा खर्च विधेयकमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको भिटो अस्वीकार गरेको छ। संसदबाट भारी बहुमतले पारित भएपनि पनि ट्रम्पले भिटो प्रयोग गरेर फिर्ता पठाएको विधेयकको भिटोलाई अस्वीकार गर्दै रिपब्लिकनको बहुमत भएको सिनेटबाट पनि पारित भएको हो।

सिनेटमा विधेयकको पक्षमा ८१ मत परेको थियो भने विपक्षमा १३ मत परेको थियो। राष्ट्रपतिको भिटो अस्वीकार गर्न दुई तिहाई मत आवश्यक पर्छ। यसअघि तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले पनि ट्रम्पको भिटो अस्वीकार गर्दै पारित गरिसकेको छ।

अब यो विधेयक ट्रम्पको समर्थनविना नै कार्यान्वयनमा आउने छ। अमेरिकामा राष्ट्रपतिले भिटो प्रयोग गरेर अस्वीकार गरेको विधेयक संसदका दुवै सदनाबाट दुई तिहाई बहुमतले पारित भएमा राष्ट्रपतिको सहमतिविना कानुन बन्न सक्छ।

यो विधेयकमा भएका केही प्रावधानमा ट्रम्पले विरोध जनाएका थिए। ट्रम्पले अफगानिस्तान र युरोपबाट अमेरिकी सैनिकको संख्या सीमित गर्ने नीतिप्रति असहमति राख्दै आएका थिए। उनले सामाजिक सञ्जाल कम्पनीको जिम्मेवारी तय गर्ने प्रावधान पनि हटाउन चाहन्थे।

यो विधेयक सेनाको तलब बढाउने, हतियारको खरिदमा निर्देशन दिने र सैन्य नीति बनाउने ७४१ बिलियन डलरको सुरक्षा प्याकेज हो।

यो विधेयकले ६३५ दशमलव ५ बिलियन डलर पेन्टागनका लागि प्रदान गर्छ भने २६ दशमलव ६ बिलियन डलर आणविक कार्यक्रमका लागि उर्जा मन्त्रालयलाई प्रदान गर्दछ। अरु ६९ बिलियन अफगानिस्तान र मध्यपूर्वमा अमेरिकन सैन्य अपरेशनका लागि प्रदान गर्दछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ