राष्ट्रिय मेलमिलाप दिवस र नेका सम्बन्धमा केही कुरा !

2020-12-31
लेखक नारायण शर्मा

आज नेकाले सुरु गरेको राष्ट्रिय मेलमिलाप दिवस ! आजकै दिनमा वीपी कोइरालाले नेपाल, नेपालका राजनीतिक शक्ति, व्यक्ती र संघसंस्था वा नेपाली जनतामध्ये सबै वा कुनैलाई पनि सबल, सुदृढ, सुस्थीर, समृद्ध र सक्षम हुन नदिने वा भएको देख्न नचाहने भारतीय बिस्तारवादी शासकहरुसङ्गको चरम मतभेद र परम असन्तुष्टीका कारण बिरोध र बिद्रोहको परिणामस्वरुप देसभक्त नेपालीहरुको मोर्चा बनाई नेपाल राष्ट्र , राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको संरक्षण र सम्बर्द्धन गर्नु अत्यावश्यक छ भनेर लोकतन्त्रको लडाइ लडिरहेको कांग्रेसले राजा, राजावादी र राजतन्त्रवादीहरुलाई देसभक्त ठानेर आपसमा मेलमिलाप गर्नुपर्छ भनी एकतर्फी घोषणा गर्दै भारत निर्वासनबाट नेपाल प्रस्थान गरेका थिए !

आज राजा र राजतन्त्र त व्यक्ती र शक्तिको रुपमा समाप्त भएका छन् तर पनि राजावादी चिन्तन र चरित्र सयौं पात्र र प्रवृत्तिमा कैयौं गुणा बढेर गैरहेका छन् ! साथै, भारतीय बिस्तारवादी हुकुम-हैकम, शोषण-उत्पीडन, आक्रमण-हस्तक्षेप र उपेक्षा-अपहेलना घट्नेभन्दा पनि झन्-झन् बढेर गएको छ ! यो स्थितिमा नेकाले राष्ट्रिय मेलमिलाप दिवस मनाउनुको अर्थ, औचित्य, महत्व र सान्दर्भिकता के कति र कहाँ छ भन्ने प्रश्न ज्वलन्त बनेर आएको छ ! तसर्थ अब नेकाले यो दिवस मनाउँदै गर्दा स्पष्ट गर्नु पर्दछ कि अब नेका पूर्व राजा र राजतन्त्रवादीहरुसङ्ग मिलेर जान्छ र कम्युनिष्टहरुसङ्ग लड्छ कि वीपी र नेकाको यसैदिनमा घोषित उद्देश्य भारतीय हैकमवादी चिन्तन, चरित्र, पात्र र प्रवृत्तिबिरुद्ध संघर्ष गर्ने क्रमलाई निरन्तरता र गुणात्मकता दिन्छ कि के गर्छ? यो एउटा यक्ष प्रश्न आज नेकाका अगाडि खडा भएको छ !

यदी साँच्चै नेकाले राष्ट्रियता खतरामा परेर राष्ट्रिय मेलमिलापको नारा अघि सारेको थियो र अद्यापी यो नारा कारगर छ भन्ने ठान्छ भने उसले राष्ट्रवादी-देसभक्त मानेका शक्ति राजा र राजतन्त्र आज नभएकाले उनीहरुसङ्ग मेलमिलाप गर्ने कुरा त भएन; तरपनी वामपन्थी, कम्युनिस्ट र क्रान्तिकारी लगायतका अन्य देसभक्त तथा गणतन्त्रवादी लोकतान्तृक शक्तिहरु सित मोर्चा गरेर नेपाल र नेपालीलाई भारत लगायतका प्रभुत्ववादी शक्तिहरुको अतिक्रमण र हस्तक्षेपबाट मुक्त गरेर एक स्वतन्त्र , स्वाधीन र सम्प्रभुता सम्पन्न देस निर्माण गर्न आँट गर्नु पर्दछ ! अनिमात्र राष्ट्रिय मेलमिलाप दिवस मनाउनुको अर्थ हुन्छ ! अन्यथा राष्ट्रिय मेलमिलापको उद्देश्य र अभिप्राय राजा वा राजावादी/राजतन्त्रवादी जो जे जस्ता छन् तिनै शक्तिहरुसङ्ग मिल्नु र सत्ताको स्वाद र सुखसयलमा डुबुल्की लगाउनु मात्र थियो र हो भने आज राजा र राजतन्त्र नभए पनि पुरानै राजा र राजतन्त्रलाई फर्काउन चाहने पुनरुत्थानवादी राजावादी/राजतन्त्रवादी शक्तिहरु एवम् सत्ता र शक्तिको उन्मादले उन्मत्त भएका नयाँ राजा बनिरहेका र नयाँ राजतन्त्रको स्थापना गर्न उद्धत वाम वा काम नामका शक्ति/गुट/उपगुट/ग्याङ्ग/गिरोह आदिसङ्ग मेलमिलाप गरेर राजा र राजतन्त्रलाई पुनर्स्थापनामा लाग्नु पर्ने हुन्छ र हिजो राष्ट्रिय मेलमिलाप गरौं भन्दै आत्मसमर्पण गर्दा पनि राजावादीहरुको अहंकार , पूर्वाग्रह र प्रतिशोधले गर्दा शरणको मरण गर्ने जस्तो अमानवीय कार्वाही स्वरुप जेलनेल र यातना-अपमानको पराकाष्ठा प्रदर्शन गरेका तिनै लोकतन्त्रका निसानाहरुसङ्ग झुक्नु र ढुक्नु पर्ने बिडम्बनापूर्ण अवस्था हुन्छ !

परन्तु, यति गर्दा पनि देसलाई भने भारतीय प्रभाव र दवाव अर्थात् उसको औपनिवेशिक शोषण -उत्पीडन र माइक्रो म्यानेजमेन्टबाट समेत प्रताडित भैरहनु पर्नेछ । त्यो अवस्थामा हिजो वीपीलगायतका नेताले भारतका शासकको अपहेलना सहन नसकेर राष्ट्रिय मेलमिलापको नाममा "राजा र मेरो घाँटी जोडिएको छ"(वीपी) भन्दै राजा र राजतन्त्रसङ्ग आत्मसमर्पण गरेझैं आज नेका नामको शेर-राम-शशांक-कृष्ण मन्डलीले एकातिर नयाँ वा पुराना राजावादीहरुसित आत्मसमर्पण गरि लोकतन्त्रको एक सुन्दर स्वरुप गणतन्त्रलाई मसानघाट पुराई राजा र राजतन्त्रको पुनर्स्थापना गर्नको लागि आफूलाई प्रतिगामी र पुनरुत्थानवादीको रुपमा उभ्याउनु पर्ने र अर्कातिर पुन: "भारत र भारतीय शासक वर्गसङ्ग हाम्रो आन्द्रा गाँसिएको छ" भन्दै हिजो आफू र आफ्ना शीर्षस्थ नेताहरुलाई शरणको मरण गर्ने अपराधी तिनै भारतीय उपनिवेशवादीहरुसङ्ग आत्मसमर्पण गर्नुपर्ने दुखद बिडम्बनापूर्ण स्थिती हुन्छ ।

वास्तवमा आज पनि नेपाल भारतीय, अमेरिकी वा युरोपेली कुनै एक वा सबै विस्तारवादी-साम्राज्यवादी हैकम र प्रभुत्वबाट अझै मुक्त, स्वतन्त्र, स्वाधीन, स्वाभिमान र सार्वभौम राष्ट्रको रुपमा बाँच्न, हाँस्न र नाच्न पाएको छैन ! तसर्थ यो सन्दर्भमा नेकाको लागि सही, सपाट,सरल, सुन्दर र सुखद बाटो भनेको आफ्ना वीपीलगायतका शीर्ष र अग्रज नेताहरुले तय गरेको देसभक्त र लोकतान्तृक राष्ट्रिय शक्तिहरुको बीचमा मेलमिलाप गरि राष्ट्रिय स्वत्व, अस्तित्व र अस्मिता एवम् राष्ट्र , राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र संप्रभुताको रक्षा गरेर एक स्वतन्त्र, आत्मनिर्भर , सबल, सक्षम र समुन्नत नेपाल बनाउने हो र हुनै पर्ने हो । यसो हो भने अबका देसभक्तहरु सबैसङ मेलमिलाप र मोर्चा गरि यसै दिशामा अघि बढ्नु पर्ने हुन्छ ! अनि मात्र आजको राष्ट्रिय मेलमिलाप दिवसको सार्थकता हुन्छ भन्ने लाग्दछ ! अस्तु !!

 

(राष्ट्रिय मेलमिलाप दिवसका सन्दर्भमा सन् २०१८ मा आजकै दिनमा लेखक नेकपाका केन्द्रिय सदस्य नारायण शर्माको सामाजिक सन्जालमा पोस्टिएको यो लेख सान्दर्भिक लागेर अनुमति मागी हामीले अहिले यहाँ स्थान दिएका हौं। )




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ