डिआईजीले किनेको मिठाईमा नङ भेटिएपछि आँगन स्विट्समाथि अनुसन्धान सुरु

2020-12-29

काठमाडौं - आँगन स्विट्सको मिठाईमा नङ भेटिएपछि त्यसबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धान थालेको छ । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका डा. देवबहादुर बोहराले कमलपोखरी स्थित आँगनको शाखामा मंगलबार मिठाई किनेका थिए ।

डा. बोहराले किनेको मिठाईमा नङ भेटिएको सूचना पाएपछि महानगरीय वृत मालिगाउँका डिएसपी खुमलाल भुषाल कमलपोखरी पुगे । डा. बोहराले आँगनलाई कारवाही गर्न डिएसपी भुषाललाई निर्देशन दिएका थिए ।

तर, अखाद्य वस्तु मिसावटसम्बन्धी मुद्दाको अनुसन्धान प्रहरीको कार्यक्षेत्रमा नपर्ने भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यसबारे अनुसन्धान थालेको छ ।

‘हामी थप अनुसन्धान गरिरहेका छौँ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसन्धान अधिकृत सन्तोष ढकालले भने, ‘पसल सञ्चालकलाई नियन्त्रणमा लिने कि नलिने भन्ने निर्णय भैसकेको छैन ।’

नङ मिसिएको मिठाई र त्यसको गुणस्तर अनुन्धानका लागी खाद्य पविधि तथा गुण नियन्त्रण विभागको जिम्मा लगाइएको डिएसपी खुमलाल भुषालले बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ