भारत भन्छ : संसद विघटन नेपालकाे आन्तरिक मामिला

2020-12-25

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधि सभाको विघटनप्रति भारतले औपचारिक प्रतिक्रिया जनाएकाे छ। भारतले त्यसलाई नेपालको आन्तरिक मामिला भनेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार यस्ताे प्रतिक्रिया जनाएका हुन्।

यसअघि कतिपय भारतीय विश्लेषकहरूले प्रतिनिधि सभा विघटनले नेपालमा 'एउटा बलियो वामपन्थी दललाई शक्तिमा रहेको देख्न चाहेको चीनलाई नोक्सान भएको भन्ने प्रतिक्रिया दिएका थिए।

तर दिल्लीले नेपालमा भएको जननिर्वाचित संस्थाको विघटनबारे कुनै प्रतिक्रिया भने जनाएको थिएन।

भारतीय विदेश मन्त्रालयद्वारा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले भने, ‘यी विषय नेपालले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गर्नुपर्ने आन्तरिक विषयवस्तुहरू हुन्‚’ उनले भने।

‘एउटा छिमेकी र नेपालको हित चाहने देश भएका नाताले भारत नेपाललाई शान्ति, समृद्धि र विकासको मार्गमा अघि बढ्न सघाउन तयार रहेको छ‚’ उनले भने।

प्रतिनिधि सभा विघटनपछि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकाे समयमा भारतकाे यस्ताे प्रतिक्रिया आएकाे हाे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ