चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता

2020-12-24

काठमाडौं - चिनिया राजदूत होऊ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन्। दुईबीच बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो। उनीहरुबीच बिहान ९ बजेदेखि करिब आधा घण्टा कुराकानी भएको बताइएको छ।

उनीहरुबीच भएको कुराकानीको विस्तृत विवरण प्राप्त हुन सकेको छैन। नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुई पक्षीय चासोका विषयमा छलफल भएको उल्लेख गरेका छन्।

नेकपामा विवाद हुँदा यान्छी भेटघाटमा सक्रिय हुने गरेकी थिइन्। तर यसपटक उनको सक्रियता कम देखिएको थियो।

नेकपा भने अनौपचारिक रुपमा विभाजन भइसकेको छ।

 

यस्तो छ, प्रचण्ड-यान्छीको पछिल्ला भेट शृंखला

वैशाख १९, २०७७: खुमलटारमा भेट। झन्डै एक घण्टा कुराकानी।
असार २५, २०७७: प्रचण्ड निवास खुमलटारमा भेट।
मंसिर ८, २०७७: खुमलटारमा प्रचण्डसँग भेट। भेटका लागि यान्छी बिहान ९ बजे नै खुमलटार पुगेकी थिइन्। उनले प्रचण्डलाई सी चिनफिङको पुस्तक उपहार पनि दिएकी थिइन्।
पुस ९, २०७७: खुमलटारमा भेट। भेटका लागि यान्छी बिहान ९ बजे खुमलटार पुगेकी थिइन्। करिब आधा घण्टा भेट।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ