सोमपाल, करण र कुशलले टि–१० लिग खेल्ने

2020-12-24

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा टि–१० क्रिकेट लिग खेल्ने भएका छन्। बुधबार राति भएको ड्राफ्टबाट तीन फरक टिमले सोमपाल, करण र कुशललाई अनुबन्धित गरेका हुन्।

सोमपाललाई मराठा अरेवियन्सले अनुबन्धित गर्दा पुने डेभिल्सले करणलाई र कुशललाई टिम अबुधाबीले अनुबन्धित गरेका हुन्। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा सोमपालको यो दोस्रो पटक हो। यसअघि सोमपालले ग्लोबल टि–२० क्यानाडा लिग खेलेका थिए। करण र कुशल भने अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पहिलो पटक अनुबन्धित भएका हुन्।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा केही दिनअघि अनुबन्धित भएका थिए। उनले गएको सिजन भने खेलाडीको रुपमा टिम अबुधाबीबाट खेलेका थिए।

सोमपाल, करण र कुशल तीन खेलाडी अलराउण्डर हुन्। तीब्र गतिका बलर सोमपाल र करण बलिङ अलराउण्डर हुन् भने कुशल ब्याटिङ अलराउण्डरको भूमिकामा खेल्छन्। योसँगै टि–१० क्रिकेट लिगमा अनुबन्धित हुने नेपाली खेलाडीको संख्या पाँच पुगेको छ। यसअघि सन्दीप लामिछाने र पारस खड्काले टि–१० लिग खेलेका थिए।

जनवरी २८ देखि फेब्रुाअरी ६ सम्म आयोजना हुने टि–१० लिगमा अनुबन्धित भइसकेपछि सोमपाल, करण र कुशललाई सबैले बधाइ दिइरहेका छन्। एकदमै राम्रो समाचार भन्दै सन्दीप लामिछानेले बधाइ दिएका छन्। उनले भनेका छन्, ‘टि–१० लिगबाट एकदमै राम्रो समाचार आएको छ। छनोट हुने हाम्रा केटाहरुलाई धेरै बधाई छ। गौरव छ सबैमा।’

त्यस्तै, पूर्वकप्तान पारसले अनुबन्धित भएका तीन खेलाडीलाई सामाजिक सञ्जालमार्फत् छु्ट्टाछुट्टै बधाई दिएका छन्। कप्तान ज्ञानेन्द्र मल्लले पनि बधाइसँगै सफलताको शुभकामना दिएका छन्। कप्तान ज्ञानेन्द्रले भनेका छन्, ‘सोमपाल कामी, करण केसी र कुशल मल्ल टि–१० लिगमा अनुबन्धित भएका छन्। मेरो शुभकामना छ। कडा मेहेनत गरिराख्नु।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ