क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त

2020-12-17

काठमाडौं- प्रशिक्षक तथा पूर्व कप्तान विनोद दास नेपाली क्रिकेटको म्यानेजरमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार क्रिकेट म्यानेजरमा विनोद दासलाई नियुक्त गरेको हो।

विनोद दास यसअघि महिला क्रिकेट टिमका तथा यु-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक थिए। भदौमा क्यानले क्रिकेट म्यानेजरका लागि ५५ वर्ष ननाघेको नेपाली नागरिक जसले लेभल टु कोर्ष गरेको तथा व्यवस्थापनमा स्नातकोत्तर पास गरेको हुनु पर्ने भनी दरखास्त आह्वान गरेको थियो।

त्यस्तै, क्यानले महाप्रबन्धकमा रौनकबहादुर मल्ललाई नियुक्त गरेको छ। मुख्य वित्त प्रबन्धकमा भने क्यानले रमेशकुमार न्यौपानेलाई नियुक्त गरेको हो।

क्यानले आउँदो पुष १७ गतेबाट लागू हुने गरी क्रिकेट म्यानेजरमा विनोद दास, महाप्रबन्धकमा रौनकबहादुर मल्ल र मुख्य वित्त प्रबन्धकमा रमेश कुमार न्यौपानेलाई नियुक्त गरेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ