नैतिकताको आधारमा माओवादीले सरकार छाड्नु पर्छ : राणा

2017-10-12

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमेशर जबराले नेकपा माओवादी केन्द्रले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षातकार कार्यक्रममा बोल्दै जबराले माओवादीले आफू सरकार पनि सामेल हुने र प्रतिपक्षसँग समेत गठबन्धन गरी सरकारमै बसिराख्नु राजनैतिक बेइमानी भएको भन्दै तत्काल उसले नैतिकताको आधारमा सरकार छाड्नु पर्ने बताए । उनले भने प्रतिनिधिसभा र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था कमजोर रहेको उपत्यकाभित्रै निर्माण ब्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याले प्रष्टाएको बताउँदै गृह मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । उनले वाम गठबन्धन र प्रजातान्त्रिक शक्तिबीचको सामिप्यता संविधान जारीपश्चात आवश्यकता रहेको र यो देशको हितानुकुल भएको भन्दै अबको निर्वाचनमा प्रजातान्त्रिक शक्तिको विजय निश्चित रहेको बताए । सरकार लामो समयसम्म टिक्न नसक्ने र त्यसले देशमा अस्थिरता बढाउँदै लगेकोमा गठबन्धनले त्यसको अन्त्य गर्दे स्थिर सरकार र दिगो विकासमा टेवा पुग्ने समेत उनको टिप्पणी छ । राप्रपा र राप्रपा प्रजातान्त्रिक पार्टीबीच अबको दुई चार दिनमै पार्टी एकता हुने उनले जानकारी दिए । नेपालमा पछिल्लो समय वैदेशिक हस्तक्षेप बढेको बताउँदै उनले यसका लागि नेपालका राजनीतिक दलहरुका नेताहरु जिम्मेवार रहेको समेत बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ