ओलीले स्थायी कमिटी बैठकमा गएनन्, पठाए यस्तो पत्र !

2020-12-06

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफू बैठकमा उपस्थित नभए पनि कमिटीलाई सम्बोधन गर्दै पठाएका छन्। उनको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा वाचन गरेर सुनाएका थिए।

'ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसकारणले आफू बैठकमा नआएको उल्लेख गर्नुभएको छ', प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

ओलीले आइतबार स्थायी समितिलाई पठाएको पत्रमा प्रचण्डलगायतका आफूइतरका नेताहरुलाई संकेत गर्दै भनेका छन्, ‘एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले सहमतिलाई जोड दिँए । तर मलाई थाहा थिएन–खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरुले ‘खेलको नियम’ नै बदल्न लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकांक्षा निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ’, ओलीले भनेका छन् ।

‘यो नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहोर्याउन चाहन्छु–महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नुपर्छ’, ओलीले पत्रमा भनेका छन् ।

अन्यन्त सम्भावना बोकेको नेकपा अहिले इतिहासकै गम्भीर संकटमा रहेको भन्दै ओलीले यो संकट बाह्य कारणले भन्दा पनि महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही नेताहरुका कारण उत्पन्न भएको ओलीको भनाइ छ ।

पत्रमा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावलाई ‘अभियोगपत्र’को संज्ञा दिँदै कुनैपनि हालतमा छलफल हुन नसक्ने बताएका छन् ।

पत्रमा ओलीले प्रचण्डले पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सबै सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको आरोप लगाएका छन् ।

‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता भथावत छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिड विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ’, ओलीले आफ्नो पत्रमा भनेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ