पुराना पार्टीहरु सच्चिन तयार भएनन् भने नयाँ शक्ति एक्लै चुनावमा जान्छ : डा. भट्टराई

2017-10-12

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरु आफूले सार्वजनिकरुपमा जनाएको प्रतिवद्धताअनुरुप सच्चिन तयार भएनन् भने नयाँ शक्ति एक्लै चुनावी मैदानमा उत्रने बताएका छन् । राष्ट्रिय युवा अभियानको काठमाडौंमा बोलाइएको भेलामा बोल्दै संयोजक भट्टराई भने, ‘पुराना पार्टीहरुले आफूले प्रतिवद्धता व्यक्त गरेअनुसार सच्चिन तयार भएनन् भने नयाँ शक्ति पूराना पार्टीहरुको विकृति बोकेर गठबन्धनमा बस्दैन ।’ उनले सकेसम्म गठबन्धनमै रहेर उनीहरुलाई सच्याउँदै निर्वाचनमा सहभागी हुने प्रयास गरिने बताए । ‘उनीहरु सच्चिन तयार भएनन् र आफू विघटन भएर नयाँ बन्ने घोषित प्रतिवद्धता बोलीमा मात्र सीमित भयो भने हामीलाई विकल्प खोज्नबाट कसैले रोक्न सक्दैन,’ उनले युवाहरुलाई निर्देशन दिँदै भने, ‘मिल्दै मिलेन र आवश्यक पर्‍यो भने नयाँ शक्ति एक्लै चुनावमा जान्छ, त्यसका लागि तयार रहनुस् ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले पुराना पार्टीहरुले आफ्ना पार्टीहरु विघटन गर्ने मात्र होइन, नयाँ अवस्थामा सच्चिएर नयाँ बन्ने प्रतिवद्धता पूरा गर्ने सम्भावना कमै रहेको धारणा राखे । ‘हामीले कि जगैदेखि नयाँ पार्टी बनाउने कि पुरानालाई रुपान्तरण गरेर नयाँ बनाउने भनेका थियौं,’ उनले भने, ‘तर, उनीहरु सार्वजनिकरुपमा व्यक्त गरेका कुरा पूरा गर्न तयार भएनन् भने वैकल्पिक शक्तिको आवश्यकता झनै बढेर जान्छ ।’ उनले यो गोलचक्कर एक दिनमै टुंग्याउने र लामो समय कुरेर बस्न नसकिने धारणा राखे । ‘निर्वाचन आइसक्यो, अब धेरै कुर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘हामी जस्तोसुकै जोखिम उठाउन परे पनि तयार भएर यो वैकल्पिक शक्ति निर्माणमा लागेका हौं, हामी अगाडि बढ्छौं ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ