2020-12-05 |
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालियाबाट अमेरिकी सेना फिर्ता हुन आदेश दिएका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार ट्रम्पले १५ जनवरीसम्ममा सेना फिर्ता हुन आदेश दिएका हुन्।
सोमालियामा अमेरिकाका करिब ७ सय सैनिक छन्। उनीहरु अल शबाब तथा इस्लामिक स्टेटविरुद्धको लडाइँमा स्थानीय सुरक्षाफौजलाई सहयोग गर्न तैनाथ भएका हुन्।
अमेरिकी अधिकारीका अनुसार सोमालियाबाट फिर्ता बोलाइएका सैनिकलाई सोमालियाको छिमेकी देश पठाइनेछ ।
हालै ट्रम्पले इराक र अफगानिस्तानबाट पनि सैनिक फिर्ता गर्न आदेश दिएका थिए। विदेशमा लामो समयदेखि अमेरिकी सेनाको तैनाथी खर्चिलो र अप्रभावी भएको भन्दै उनले आलोचना गर्दै आएका छन्।
वाशिङटन - अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले पद सम्हालेका छन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रबर्ट्ससँग पद तथा गोपनीयताको सपथ लिएसँगै उनी मोटरकेडसहित ह्वाइटहाउस प्रवेश ...
वाशिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विधिवत रुपमा नै जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्ना समर्थकहरुले संसद भवनमा आक्रमण गरेको एक दिनपछि ...
टोकियो - कोरोना संक्रमण तीव्र भएपछि जापानको राजधानी टोकियो र त्यसवरपरका क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। टोकियो र छिमेकी तीन वटा प्रिफेक्चरहरु चिवा, साइतामा र ...