रामचन्द्र पौडेलको पक्राउविरुद्ध नेविसंघको विरोध प्रदर्शन

2020-12-03

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले लिएको नियन्त्रण विरुद्ध नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।

संघका कार्यकर्ताले बुधबार साँझ माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। आकस्मिक रुपमा गरिएको विरोध प्रदर्शनमा संघका कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका छन्।

गृहजिल्ला पुगेका पौडेलले व्यास नगरपालिकामा बनेको पुल उदघाटन गर्ने कार्यक्रम तय भएपछि नेकपा कार्यकर्ताले अवरोध गरेका थिए। प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको थियो।

दुई पक्षको झडपको स्थिति आउने सम्भावना देखिएपछि प्रशासनले पुल आसपासको क्षेत्रमा निषधाज्ञा जारी गरेको थियो। पौडेललाई तीन घण्टापछि प्रहरीले रिहा गरेको छ। पौडेललाई प्रहरी प्रशासनले गरेको व्यवहारको कांग्रेस पार्टी र नेताहरुले भर्त्सना गरेका छन्।

प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएपछि पौडेल भने रिहा भइसकेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ