साझा र विवेकशीलबीच एकता : रवीन्द्र मिश्र अध्यक्ष, मिलन पाण्डे संयोजक

2020-11-30

काठमाडौं- विवेकशील नेपाली दल र साझा पार्टीबीच हप्तादिनभित्रै एकता गर्ने समझदारी भएको छ। २७ पुस ०७५ मा औपचारिक रुपमा विभाजन भएका दुई पार्टी झण्डै २ वर्षपछि एक हुन थालेका हुन्।

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे कार्यकारी अधिकारसहित संयोजक हुनेगरी एकता गर्न थालेको एक नेताले बताए। दुवै पक्षले समानता, सहअस्थित्व र दुवै पक्षको जित हुनेगरी एकता गर्न थालेको उनले बताए।

‘हामीले रवीन्द्र मिश्र र मिलन पाण्डेलाई कार्यकारी अधिकारसहित संयोजक बनाउने भन्ने छ। त्यसमा काम गर्न सजिलो हुनेगरी अध्यक्ष र संयोजक पनि बनाउने कि भन्ने पनि छ’ ती नेताले भने, ‘नेकपाजस्तै अन्य पार्टीमा धेरै संयोजक हुँदा समस्या भयो‚ त्यसैले नयाँ पार्टीमा फरक तरिकाले भूमिका दिने कि भन्ने भइरहेको छ।’

पार्टी पदाधिकारीसहित केन्द्रीय समिति बराबरी हुनेगरी एकता गर्ने तयारी गरिएको उनले बताए। पार्टीको चुनाव चिह्न तराजु, पार्टीको नाम विवेकशील साझा पार्टी बनाउने सहमति भइसकेको छ। संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका मुद्दालाई प्रगतिशील मुद्दाको रुपमा उठाउने समझदारी गरिएको छ। समाजिक न्याय,महिला अधिकार दलित जनजातिलगायत समुदायको समान अस्थित्व र समानताका पक्षमा उभिने पार्टीको रुपमा व्याख्या गरिने भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ