चीनले नेपाली सेनालाई पौने तीन अर्ब बराबरको सैन्य सामग्री प्रदान गर्ने

2020-11-30

काठमाडौं - चीनले छिट्टै १५ करोड चिनियाँ आरएमबी (दुई अर्ब ७० करोड १४ लाख रूपैयाँ) बराबरको सैन्य सामग्री नेपाली सेनालाई उपलब्ध गराउने भएको छ।

एक दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्केका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङले प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा उक्त प्रतिबद्धता जनाएका हुन्। प्रधानसेनापति थापा र चिनियाँ रक्षान्त्रीबीच आइतबार अपराह्न सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता भएको थियो।

‘१५ करोड आरएमबी बराबरको सैन्य सामग्री छिट्टै नेपाली सेनालाई प्राप्त हुने जानकारी चिनियाँ रक्षामन्त्रीले दिएका छन्,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने।

गतवर्ष रक्षामन्त्रीले चीन भ्रमण गर्दा १५ करोड आरएमबीको सम्झौता भएको थियो। सम्झौता भए पनि कोरोना भाइरस महामारीका कारण कुनै पनि सामग्री आउन सकेको थिएन। धेरै समय सीमा बन्द भयो र सीमा खुले पनि सामग्री आउन पाएको थिएन। अब ती सामग्री छिट्टै पठाइने जानकारी चिनियाँ रक्षामन्त्रीले दिएका छन्। सन् २०१९ मा मात्र चीनले नेपाली सेनालाई पाँच अर्बभन्दा बढीको सैनिक सामग्री उपलब्ध गराउने दुईवटा सम्झौता गरेको थियो। पहिलो सम्झौताअनुसार साढे दुई अर्ब रूपैयाँ बराबरको सैनिक सामग्री नेपाली सेनाले यसअघि नै प्राप्त गरिसकेको छ।

गत वर्षको सम्झौताबाहेक पनि चिनियाँ रक्षामन्त्रीले नेपाली सेनालाई कोरोना नियन्त्रणमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएर गएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ