गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

2020-11-27

गुल्मी - गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछिल्लो मृतक हुला गाउँ कै १९ वर्षीय फर्सबहादुर थापा रहेको इस्मा प्रहरी चौकी इन्चार्ज असइ मोहनलाल अधिकारिले बताए । उनका अनुसार एकै परिवारका दुई दाजुभाइ वर्ष ३३ का शिव दर्लामी र भाइ वर्ष ३० का वसन्त दर्लामीको पनि ज्यान गएको छ । दाजु दर्लामी नेपाली सेनाका जवान भएको स्थानीयले बताए ।

त्यस्तै अर्का सैनिक जवान ३५ वर्षीय धनबहादुर अछामीको पनि ज्यान गएको छ। उनी पनि हुला गाउँ कै हुन ।

मालिका गापा–५ छापाहिले घर भै तराईमा छोरिको घरमा बस्ने हुला माइती आएकी ८० वर्षीया सुन्दरी थापाको पनि ज्यान गएको छ ।

हुला कै ६५ वर्षीय डम्बरबहादुर हितानको पनि ज्यान गएको सइ अधिकारिले बताए । मृतक शिव दर्लामीकी श्रीमती सरस्वती दर्लामी र सह–चालक कमल हितान घाइते छन् ।

जिप चालक बुद्ध बस्नेत सकुशल प्रहरी नियन्त्रणमा छन् । जिप हुलाको स्कुल नजिकै दुर्घटना भएको र सडकदेखि करिव ७ सय मिटर तल खसेको सइ अधिकारिको भनाइ छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ