फुटबलका बादशाह डिएगो म्याराडोनाको निधन

2020-11-26

काठमाडौं - फुटबल जगतका बादशाह डिएगो म्याराडोनाको बिहीबार निधन भएको छ। अर्जेन्टिनाका राष्ट्रिय टिमका पूर्व मिडफिल्डर तथा म्यानेजर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएकाे बिबिसीले जनाएकाे छ। केही दिनअघि मात्र उनको ब्रेन ब्लड क्लटको सर्जरी गरिएको थियो। त्यसपछि उनको अल्कोहल डिपेन्डेन्सीको उपचार भइरहेको बताइएको थियो।

म्याराडोनाको कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो। ४ सिजनको विश्वकप खेलेका म्याराडोनाले अर्जेन्टिनाका तर्फबाट ३४ गोल गरेका थिए। उनले विश्वकपका ९१ खेल खेलेका थिए। म्याराडोनाले बार्सिलोना र नापोली क्लबका लागि पनि खेलेका थिए।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको भन्दै १५ महिना प्रतिबन्ध लगाइएको थियो। ३७औं जन्मदिन पारेर सन् १९९७ मा उनले फुटबल खेलजीवनबाट सन्यास लिएका थिए।

सन् २००८ मा घरेलु टिमको मुख्य प्रशिक्षक बनेका म्याराडोना सन् २०१० को विश्वकपमा अर्जेन्टिना हारेपछि उक्त भूमिकाबाट पनि बाहिरिएका थिए। सन् २०१० को विश्वकप फुटवलमा क्वार्टरफाइनल पुगेको अर्जेन्टिनालाई जर्मनीले हराएको थियो।




थप समाचार


ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई ...

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ । भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको ...

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...




ट्रेन्डिङ