सरकारको अनुमतिविना निजामती कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने

2020-11-23

काठमाडौं - सरकारको अनुमतिविना सरकारी कर्मचारीले लोकसेवाको तयारी कक्षा पढाउन नपाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरबाट उक्त निर्णय गरेको हो।

यसअनुसार राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीेले नेपाल सरकार र अन्य कर्मचारीले सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई निजी इन्सिच्युटमा उपस्थित भई वा अनलाइन माध्यमबाट लोकसेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन पाइनेछैन।

यसअघि कुनै मन्त्रालय वा निकायबाट कुनै कर्मचारीलाई स्वीकृति दिइएको भए पनि मंसिर ७ देखि नै निष्क्रिय हुने निर्णय मन्त्रालयले गरेको छ।

यस्तै, लोकसेवाको तयारी कक्षामा पढाउने प्रयोजनका लागि कुनै कर्मचारीलाई बिदा नदिन र काजमा खटिई गएको अवस्थामा प्रशिक्षण कार्यमा सहभागी हुनसक्नेतर्फ सचेत बन्न पनि मन्त्रालयले सबै मन्त्रालयलाई आग्रह गरेको छ।

मन्त्रालयले आफ्नो निर्णयमा भनेको छ, ‘स्वीकृतिविना कुनै कर्मचारी प्रशिक्षण कार्यमा संलग्न भए नभएको सम्बन्धमा सम्बन्धित सरकारी निकायबाट कडाइका साथ अनुगमन गर्ने र भएको पाइएमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ