केपी ओलीलाई बा भनेर ढोग्नेहरूले नै मलाई दुर्व्यवहार गरे : सुरेन्द्र पाण्डे

2020-11-22

काठमाडौँ - नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बा भनेर ढोग्नेहरूले नै आफूमाथि दुर्व्यवहार गरेको बताएका छन्। शनिबार चितवनको राप्ती नगरपालिका कमिटीको कार्यक्रममा बोल्ने क्रममा दुर्व्यवहारमा परेपछि नेता पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘हुलहुज्जत गरेर आएकाले जबज आफैँले जोगाएको जस्तो गरे। तिनैले पार्टी जोगाए जस्तो गरे। त्यहाँ भएका कतिपयले केपी ओली कमरेडलाई भेट्दा बा भनेर हातमै ढोग्नेहरु थिए। मेरो निर्वाचन क्षेत्र भएकाले ती सबैलाई एकएक गरी चिन्छु,’पाण्डेले भने, ‘त्यहाँ भएकाहरू मन्त्रीका सल्लाहकार, पिएका छोरालगायत छन्। ओलीसँग कुनै न कुनै रुपले जोडिएकै मान्छे हुन्।’

आफूमाथि भएको यो दुर्व्यवहार गैरराजनीतिक र अराजनीतिक चरित्र भएको पाण्डेले बताए। ‘त्यो केपी ओली कमरेडको निर्देशनबाट भयो वा भएन जान्दिनँ। तर, उनीहरुको बुद्धिको मात्रै कुरा त्यो होइन,’ पाण्डेले भने, ‘उनीहरुको सरोकारको विषय पनि छैन। उनीहरू जनप्रतिनिधि र पार्टीका प्रतिनिधि पनि होइनन्।’

पाण्डेको भनाइ जस्ताको जस्तै
कार्यक्रम साढे ११ बजेतिर सुरु भयो। राप्ती नगरापालिकाको नगर कमिटीको बैठक हो। मैले बोल्दै गर्दा कार्यदलले कसरी काम गर्‍यो। मदन भण्डारी फाउन्डेसन बनाउनु हुँदैन भन्ने सर्वसम्मतिकै प्रस्ताव हो भन्दै थिए, त्यसपछि मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद केपी ओली जिन्दावाद भन्दै नारा लगाए।

त्यहाँ म थिएँ। प्रदेशका कृष्ण खनाल थिए। केन्द्रीय सदस्य इश्वरी भट्टराई हुनुहुन्थ्यो। राप्ती नगरपालिकाकी मेयर प्रभा बराल पनि हुनुहुन्थ्यो। म त्यो कार्यक्रम सकेर भरतपुर जाने तयारीमा थिएँ। छिटो कार्यक्रम सक्न भनिरहेको थिएँ। मैलै बोल्दै गर्दा राप्ती नगरपालिका मेयर प्रभा बरालसँग एक हुल मान्छे भित्र छिरे।

प्रभा बरालसँग छिरेका मान्छेमा जगन्नाथ थपलियाका छोरा, दावा लामा, दावा लामाका छोरा, दावा लामाका पिए, प्रकाश कालाखेती, केदार आचार्यलगायत ८-१० जना छिरेका थिए। त्यहाँ एकछिन नारा लगाए। नारा लगाउँदै बाहिर निस्किए। मैले कार्यक्रम बोल्दा बोल्दै बिट मारेँ। त्यो सेसन पूरा गरे हिडेँ।

उनीहरूले व्यक्तिगत रुपमा आक्रमण गरेनन्। नाराबाजी गरे। म मञ्चमा हाँसेरै बसेँ। के गर्नु त्यो गैरराजनीतिक हुलहुज्जतलाई?

यो आक्रमण गैरराजनीतिक कुरा हो। पार्टी कमिटीमै नभएको मान्छे लगेर उफार्ने काम अनुशासन बाहिरको कुरा हो। यो कुरा ठिक होइन। तीनैले जबज जोगाएको जस्तो गरे। तिनैले पार्टी जोगाए जस्तो गरे।

त्यहाँ भएका कतिपयले केपी ओली कमरेडलाई भेट्दा बा भनेर हातमै ढोग्ने थिए। त्यहाँ भएका अरु मन्त्रीका सल्लाहकार पिएका छोरा छन्। ओलीसँग कुनै न कुनै रुपले जोडिएकै मान्छे हुन्। त्यो क्षेत्र मेरो आफ्नै निर्वाचन क्षेत्र भएकाले प्रायः सबैलाई चिन्छु।

यो गैरराजनीतिक र अराजनीतिक चरित्र हो। त्यो केपी ओलीको निर्देशनबाट भयो/भएन जान्दिनँ। तर तीनको बुद्धिको मात्रै कुरा त्यो होइन। उनीहरुको सरोकारको विषय पनि छैन। उनीहरु जनप्रतिनिधि र पार्टीका प्रतिनिधि केही पनि होइनन्। बोलेर आपत्ति मात्रै गरेको भए राजनीतिक चरित्र हुन्थ्यो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ