2020-11-22 |
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ। यो अवधिमा १० प्रतिशतले नै वस्तु निर्यात बढेको भन्सार विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्षको पहिलो ४ महिना अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। जुन गत वर्षको यही अवधिमा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको थियो।
त्यसैगरी यो अवधिमा ४० अर्ब २० करोड रूपैयाँको वस्तु नेपालबाट बाहिर निर्यात भएको छ। गत आर्थिक वर्षको यही अवधिमा कूल ३६ अर्ब २७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
वस्तु आयात १० प्रतिशतले घटे पनि राजस्व संकलन भने गत वर्षको यही अवधिको तुलनामा ०.५८ प्रतिशत मात्रै कम छ। गत वर्ष पहिलो ४ महिनामा १ खर्ब २२ अर्ब ९७ करोड रूपैयाँ राजस्व भन्सार संकलन भएकोमा यो वर्ष १ खर्ब २२ अर्ब २५ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएको छ।
कात्तिकमा राजस्व २४ प्रतिशत बढ्यो
भन्सार विभागका अनुसार चौमासिक तुलना गर्दा गत वर्षको भन्दा यस वर्ष केही राजस्व कम उठे पनि कात्तिक महिनाको मात्रै तथ्यांक हेर्दा भने राजस्व ह्वात्तै बढेको छ। यस वर्षको कात्तिकमा दैनिक १ अर्ब रूपैयाँभन्दा धेरै राजस्व भन्सारबाट संकलन भएको छ।
विभागका अनुसार यो कात्तिकमा ३६ अर्ब ४६ करोड रूपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको कात्तिकमा २९ अर्ब ३५ करोड रूपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको कात्तिको तुलनामा यो वर्षको कात्तिकमा २४.२ प्रतिशतले भन्सार राजस्व बढेको छ।
त्यसैगरी यो वर्ष १ खर्ब १० अर्ब रूपैयाँको वस्तु कात्तिकमा आयात भएको छ। जुन गत वर्षको भन्दा ४.४५ प्रतिशतले मात्रै थोरै हो। कात्तिकमा ९ अर्ब १५ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २.३ प्रतिशतले धेरै हो
काठमाडौं - चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ ...
काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन ...
काठमाडौं - भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर ...