सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु

2020-11-21

कैलाली - सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका ५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएसँगै प्रदेशमा मृतकको संख्या ३६ पुगेको हो । उनलाई कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा शुक्रबार दिउँसो मृत्य भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि नै अछाममा २, बैतडीमा १, बझाङ्गमा ३, बाजुरामा २, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा १, कैलाली १८ र कञ्चनपुर ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा विभिन्न ल्याबहरुमा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमितको संख्या १ हजार ७७२ पुगेको छ । 

कैलालीका ३८, बैतडीका ३, बाजुराका १, डडेल्धुराका ५, दार्चुलाका १७ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कार्कीका अनुसार हालसम्म १ लाख १४ हजार ६३४ नमुना जाँच भएकामा १० हजार ६६९ जनामा संक्रमण फेला परेको छ । त्यसमध्ये प्रदेशमा निको हुने संक्रमितको संख्या ८ हजार ८६१ रहेको छ । 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ