बन्द प्रशिक्षण पूर्व खेलाडी र प्रशिक्षकको कोरोना परीक्षण गर्दै क्यान

2020-11-21

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि खेलाडी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको छ। मंसिर १० देखि बन्द प्रशिक्षण थाल्ने तयारी गरेको क्यानले मंसिर ८ मा खेलाडी र प्रशिक्षकहरूको स्वाब संकलन गरी परीक्षण गर्ने भएको हो।

शुक्रबार व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै क्यानले पिसिआर नेगेटिभ रिपोर्ट नेगेटिभ आउनेहरूलाई मात्र बन्द प्रशिक्षणमा सहभागी गराइने समेत सूचित गरेको छ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि क्यानले बन्द प्रशिक्षण सुरु गर्ने भएको हो। बन्द प्रशिक्षणमा खेलाडी र प्रशिक्षक गरी २३ जनालाई सहभागी गराउने तयारी क्यानको छ।

पिसिआर रिपोर्ट नेगेटिभ नआएको खण्डमा भने नेगेटिभ आएकाहरूलाई मात्र बन्द प्रशिक्षणमा सहभागी गरिने क्यानले जानकारी दिएको छ। बन्द प्रशिक्षणमा स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरिने क्यानले उल्लेख गरेको छ।

प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ