विप्लवसहित २१ दलीय गठबन्धनले मंसिर ७ गते माईतीघरमा प्रदर्शन गर्ने

2020-11-13

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित सत्ता बाहिर रहेका २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहित उखु किसानको बक्यौतालाई लिएर विरोध प्रदर्शन गर्ने भएका छन्।

गत बिहीबार बसेको गठबन्धनको बैठकले मंसिर ७ गते काठमाडौंको माईतीघरमा प्रदर्शन गर्ने निर्णय गरेको हो।

उनीहरुले एमसिसी खारेज हुनुपर्ने, भारतले अतिक्रमित गरी कब्जा गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेक, महेशपुर क्षेत्र फिर्ता गर्नुपर्ने, कोरोना उपचार र परीक्षण निःशुल्क गर्नुपर्ने, तराईका उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्ने भएका हुन्। यी विषयलाई लिएर गठबन्धनले सातै प्रदेशका एक÷एक ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेका हुन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ