2020-11-12 |
काठमाडौं - अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक तय भएको एक सचिवालय सदस्यले जानकारी दिए।
नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा सचिवालय बैठक बोलाउन माग बढ्दै गएको थियो। गत शनिबार सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएर ओलीलाई बैठकका लागि सहमति दिन आग्रह गरेका थिए।
बहुमत सचिवालय सदस्यले अनौपचारिक बैठक भने बस्दै आएका थिए। उनीहरुले अब पनि औपचारिक बैठक नबसालिएर आफूहरुले नै औपचारिक बैठक बोलाएर अघि बढ्ने तयारी गरेपछि ओली बैठकका लागि सहमत भएका हुन्।
ओलीले महासचिव विष्णु पौडेललाई बैठकको लागि तयारी गर्न भनेका हुन्।
यतिबेला देसमा मध्यावधी चुनाव गराउने र नयाँ संसद् गठन गर्ने कि पुरानै विघटित संसद् पुनर्स्थापना गर्ने भन्ने विवाद उत्कर्षमा छ । साथै पुरानै केपी ओलीको ...
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले २९७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगलाई जानकारी गराएका छन्। उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालसहितका ...
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी ओली र प्रचण्ड–नेपाल दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दैछ ...