पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण

2020-11-11

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ५ सय ६९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ४, उदयपुरमा १७, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, धनकुटामा १, पाँचथरमा २०, भोजपुरमा ३, मोरङमा १ सय ६८, संखुवासभामा ८, सोलुखुम्बुमा ३ र सुनसरीमा १ सय १८ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १८, पर्सामा ५, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा १२, सर्लाहीमा ५ र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ९ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५५, चितवनमा १५, दोलखामा १५, धादिङमा ९, नुवाकोटमा ४१, भक्तपुरमा ८१, मकवानपुरमा ३७, रामेछापमा ९, ललितपुरमा २ सय ४, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा १८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय ३०, गोरखामा १७, तनहुँमा १८, नवलपरासी पूर्वमा ५, पर्वतमा १६, लमजुङमा १, वागलुङमा २२ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २२, कपिलवस्तुमा ४, गुल्मीमा ८, दाङमा १ सय ५, नलवपरासीमा १४, पाल्पामा ३१, प्यूठानमा ५, बर्दियामा १०, बाँकेमा १७, रोल्पामा ९ र रुपन्देहीमा ७३ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा १, दैलेखमा ६, सल्यानमा ७ र सुर्खेतमा २ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको कञ्चनपुरमा ८, कैलालीमा २९, डडेल्धुरामा २, डोटीमा १६ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ