लक्षणसहितका कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क

2020-11-10

काठमाडौं - सरकारले लक्षण देखिएका कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

‘निःशुल्क त थियो नै, परीक्षण तथा उपचार दुवै निःशुल्क गर्नेगरी मन्त्रिपरिषद्ले थप प्रष्ट पारेको हो,’ एक मन्त्रीले भने।

सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गर्दै कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न भनेको थियो। तर सरकारले संक्रमितको परीक्षण तथा उपचारमा शुल्क लिन पाउनुपर्ने भन्दै सर्वोच्चमा नै पुनरावेदन दर्ता गराएको थियो। सरकारले दर्ता गराएको रिट सर्वोच्चले खारेज गरिदिएपछि लक्षणसहितका संक्रमितको सरकारी अस्पतालमा निःशुल्क गर्न लागिएको हो।

त्यस्तै कोभिड-१९ को खोप समयमा उपलब्ध गराउन श्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने निर्णय भएको एक मन्त्रीले बताए। समयमै खोप आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव रहेको कमिटी बनाइएको समेत ती मन्त्रीले बताए।

त्यस्तै मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा पारिश्रमिक कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

योबाहेक गत वर्षदेखि पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ। सरकारले गत वर्ष जेठदेखि विदेशमा छापिएर आउने किताब तथा पत्रिका १० प्रतिशत कर लगाउँदै आएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ