निर्देशक दिपेस सापकोटाको दमदार कमब्याक, बिश्व र अस्मिताको स्वरमा नयाँ गीत

2020-11-09

काठमाडौँ - युरोप र सिङ्गापुरमा फिल्म मेकिङ पढेर फर्केका निर्देशक दिपेस सापकोटा 'आकासैको छानो मुनि बासाउँ एक सहर' बोलको गीत निर्देशन गरि ओजपुर्ण 'कमब्याक' गरेक छन्।

टेस्ट गरम, भन के छ बन्दोबस्त, कोरेर मेरो चित्र लगायत दर्जनौं हिट गीत दिइसकेका गायक बिश्व नेपालीलाई यो गीतमा अस्मिता परियारले स्वरमा साथ दिएकी छिन्।

सम्भ्रान्त परिवारका युवा युवतीको प्रेम जिवनलाई फ्रेममा उतारेको निर्देशक सापकोटा बताउँछन्। गीतलाई उत्कृष्ट बनाउन करिब एक हप्ता लगाएर सुटिङ गरिएको सापकोटाले जानकारी दिए।

नेपाली कलाकारीतामा कोभिड १९ को प्रभावसंगै ब्यवसायिक सफलता लिन गाह्रो भएको अवस्थामा ट्री इन्टरटेन्मेन्टले १२ लाख लगानी गर्नु उत्साहप्रद रहेको सापकोटाले बताए। मदानी क्रीएसनले प्रोडक्सन गरेको गीतको 'लोकेसन' र 'प्रपर्टी'ले गीतको गरिमा बढाएको छ। गीतमा १९६६ मोडलको मस्टङ कार देख्न सकिन्छ। सो 'भिन्टेज' कारले भिडियोको ओज बढाएको छ।

गीतको सुटिङ विभिन्न उत्कृष्ट गन्तव्यमा गरिएको छ। प्रभु हेलिकप्टर सँगको सहकार्यमा गीतको केही सिन हेलम्बुको मेलम्ची गाउँमा खिचिएको छ। होटल साम्बालाको रुफटप स्विमिङ पुलको सुर्यास्तको मनमोहक दृश्यले गीतमा सौन्दर्य बढाएको छ। बबरमहल रिभिजिटेड, याक एण्ड यति होटल, रिगल स्टुडियो लागायतका स्थानमा समेत गीतको सुटिङ गरिएको छ।

कानुनको विद्यार्थी रोचक जोशी यो भिडियो मार्फत डेब्यु गरेका छन्। कानुनसँगै एभरेस्ट फिल्म एकेडेमीमा कलाकरिताको अध्ययन गरिरहेका रोचकको अभिनय र काम प्रतीकको लगाबले गर्दा उनलाई अर्को भिडियोका लागि समेत अनुभन्धित गरिसकेको निर्देश सपाकोटले बताए।

बलिउडमा संघर्षरत नेपाली मोडल मुना गौचन लामो समय पछि नेपाली भिडियोमा कमब्याक गरेकी छिन। विभिन्न बिज्ञापन, म्युजिक भिडियो र केही फिल्ममा सहायक भुमिका गरेकी गौचन पछिल्लो समय मुम्बाइ बसेर आफ्नो कलाकरीता अगाडी बढाइरहेकि छिन्।

सङ्गीत निर्देशक आनन्द राई रहेको गीतको सङ्गीत सम्योजन गोपाल रसाइलीले गरेका छन्। गीतको शब्द डा. राजुबाबु श्रेष्ठले लेखेका हुन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ