राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान

2020-11-05

काठमाडौं- राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छन्। बिहीबार राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरणवेणलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्। 

समारोहमा नरवणेलाई खड्ग तथा सनद–पत्र प्रदान गरिएको थियो। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारी सहभागी थिए। 

विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो।

उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेनाप्रमुख सेनापति जनरल के एम करिअप्पा थिए। उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो।

गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पदवी प्रदान गरेका थिए। 

समारोहपछि भारतीय सेनाप्रमुख नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए। भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थियो। राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मानप्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ