मैले कुनै पनि हालतमा राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री

2020-11-04

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। आफ्नो राजीनामाको हल्ला सञ्चारमाध्यमले सुरु गरिसकेको बताउँदै ओलीले भने,‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण मैले कुनै पनि हालतमा राजीनामा दिनेवाला छैन।’

प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिमा राजीनामा दिनै नमिल्ने बताए। आफ्नो राजीनामाले देश थप बर्बादीतिर जाने बताएका प्रधानमन्त्री ओलीले व्यापक जनसमर्थनमा आफू पदमा पुगेको बताए। उनले भने,‘प्रधानमन्त्रीको स्थानमा आएको मेराे रहरले होइन।जनताको आवश्यकता र समर्थनले हो। व्यापक जनसमर्थनबाट प्रधानमन्त्रीको पदमा पुगेको हुँ।’

पार्टीमा विवाद चुलिएपछि सरकार फेरिने आशंका रहेपछि प्रधानमन्त्रीले आश्वस्त पार्दै भने, ‘भित्र-बाहिरबाट धेरै पटक धेरै थरिका अनेक प्रयास भएका छन्। सरकार फेरिने, बदलिने सोच्दै नसोचौं।’

सरकारका जुनसुकै कार्यमा पनि आलोचना गर्ने केहीकाे आदत रहेका उल्लेख गर्दै ओलीले अस्थिरताको खेती गरिरहने आदत भएका प्रति केही भन्नु नरहेको बताए।

महाराजगन्जस्थित शिक्षण अपस्तालमा मनमोहन भवनको एनेक्स भवन उदघाटनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड र गरिबीसँगको लडाई जितेरै छाड्ने दाबी गरे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ