१३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित, उपत्यकामा १९५७१ जना

2020-11-03

काठमाडौं - देशका १३ जिल्लामा पाँच सयभन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्। काठमाडौं, भक्तपुर, ललितपुरसहित १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै काठमाडौंमा छ। काठमाडौं उपत्यकामा मात्रै १९५७१ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्र १६ हजार २ सय २९ जना, ललितपुरमा २ हजार ३ सय ४२ र भक्तपुरमा १ हजार हजार जना सक्रिय संक्रमित छन्। त्यस्तै, मोरङमा २ हजार ८ सय ९६, , सुनसरीमा २ हजार २५, चितवनमा १ हजार २ सय ४६, रुपन्देहीमा १ हजार २ सय ३७ जना सक्रिय संक्रमित छन्।

यस्तै, झापामा ९ सय ३८, काभ्रेपलाञ्चोकमा ५ सय ३८, मकवानपुरमा ७ सय ५९, नवलपरासी पूर्वमा ५ सय, कास्कीमा १ हजार ८३ र दाङमा ६ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ