पछिल्लो २४ घण्टामा देशभर २९३३ जनामा कोरोना संक्रमण, उपत्यकामा १६३० जना

2020-11-02

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ।

आज देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन्। आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ