गायक भिटेनले मागे माफी, संशोधनसहित नयाँ भिडियो ल्याउने

2020-11-01

काठमाडौं - र्‍यापर समीर घिसिङ (भिटेन)ले हालै युट्युबबाट सार्वजनिक गरेको र्‍याप 'पारा'मा आपत्तिजनक शब्द समावेश भएकोमा माफी मागेका छन्। उनले शनिबार एक विज्ञप्ति जारी गर्दै केही शब्द आपत्तिजनक परेमा माफी माग्दै संशोधनसहित सोही गीतको नयाँ म्यूजिक भिडिओ सार्वजनिक गरिने बताएका हुन्।

'पारा'मा समावेश शब्दले कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संसोधन गरिने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्यूजिक भिडिओमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'उक्त म्युजिक भिडिओलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारीक च्यानलबाट चाँडै नै संशाेधित भिडिओ प्रसारण हुने जानकारी गराउँदछौं।'

उनको गीतमा केही अश्लील शब्द प्रयोग गरिएका थिए। यसपछि प्रहरी प्रधान कार्यालयले छानबिनका लागि साइबर ब्यूरोलाई निर्देशन दिएको थियो।

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले उक्त गीत प्राइभेट गरेएका थिए। भिटेनले प्राइभेट गर्नुअघि नै सो गीतमा १० लाखभन्दा बढी भ्यूज आइसकेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ