2020-10-31 |
मुम्बइ - चर्चित बलिउड अभिनेत्री काजल अग्रवालले विवाह गरेकी छिन्। उनले आफ्ना प्रेमी गौतम किचलुसँग मुम्बईको एक होटेलमा विवाह गरेकी हुन्। कोरोनाका कारण उनको विवाहमा निकै कम आफन्त सहभागी थिए। उनले आफ्ना घरपरिवार वाहेकलाई बोलाएकी थिइनन्।
अहिले उनको विवाहको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनको विवाहस्थल सेता फूलले सिंगारिएको थियो।
विवाहअघि संगीत सेरोमनी भएको थियो। काजलका पति गौतम किचलु व्यवासयी हुन्। उनी डिस्सर्न लिभिङ डिजाइन सपका मालिक हुन्। उनको इन्टरियर डिजाइन कम्पनी पनि छ।
बलिउडको चर्चित फिल्म 'सिंघम'की अभिनेत्री काजल दक्षिण भारतीय फिल्ममा बढी चर्चित छिन्।
बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टिवल औपचारिक रुपमा काठमाण्डौमा सम्पन्न भएको छ ...
गायिका अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' बोलको गित युट्युबमा सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटलबाट सार्वजनिक भएको गीतलाई दरबारमार्गस्थित 'किंग्स लाउन्जबाट' गीतको टिमले केक ...
डिज जोशीको स्वर, शब्द तथा संगीत संयोजनमा 'फ़िजाइं पंख' बोलको गित सार्वजनिक भएको छ। गीतको भिडियोमा गौरव पहारी, बेनिशा हमाल, जेवी डिसी, कमलमणि नेपाल, सुनिता ...